जोडिनुहोस
सोमवार, मंसिर १५, २०७७
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • ग्लोबल आईएमई बैंकले गर्यो लाभांश घोषणा, सेयरधनीलाई बोनस सेयरसहित १६ प्रतिशत प्रतिशत

ग्लोबल आईएमई बैंकले गर्यो लाभांश घोषणा, सेयरधनीलाई बोनस सेयरसहित १६ प्रतिशत प्रतिशत

ग्लोेबल आइएमई बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको बिहीवार बसेको सञ्चालक समिति बैठकले १४ प्रतिशत बोनस सेयर र  करसहित २ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले गत वर्ष १२.७५ प्रतिशत बोनस र करसहित १२.७५ प्रतिशत नगद लाभांश दिएको थियो ।

यस वर्ष प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि शेयरधनीले प्राप्त गर्नेछन् । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १० अर्व ३१ करोड रुपैयाँ पुग्ने बताइएको छ ।

बैंकले हाल १३३ शाखा, १४२ एटिएम तथा ७ वटा एक्सटेन्सन काउण्टर, १५ राजस्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ्ग सेवा संचालन गरिरहेको छ । यसबाहेक ग्लोबल आईएमई बै‌ंकले विदेशमा पनि तीन ओटा प्रतिनिधि कार्यालयमाफर्त सेवा प्रदान गर्दै आइरहेको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका