जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • सहकारीमा मेरो पैसा फसेको छ: महामन्त्री बुर्लाकोटी

सहकारीमा मेरो पैसा फसेको छ: महामन्त्री बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा गोरखा २ का सांसद कबीन्द्र बुर्लाकोटीले आफूले कहीँ पनि सहकारी नठगेको बताएका छन्। रास्वपा गोरखा जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले एक सहकारीमा ३ महिना सञ्चालक रहँदा उल्टै आफ्नो २३ लाख रुपैयाँ फसेको दाबी गरे। आफूले कसैको एक रुपैयाँ पनि नलिएको स्पष्ट पारे पनि उनले कुन सहकारीमा आफ्नो पैसा फसेको हो भन्नेबारे भने खुलाएका छैनन्।

यसका साथै उनले आगामी ५ वर्षभित्र देशमा सरकारी र निजी लगानीमा २ हजार उद्योग खोल्ने लक्ष्य रहेको बताएका छन्। यो योजना सरकार र रास्वपाकै साझा सपना भएको उल्लेख गर्दै उनले तीमध्ये २० देखि ३० वटा उद्योग गोरखामा खुल्ने जानकारी दिए। गोरखामा खुल्ने उद्योगले स्थानीयलाई रोजगारी दिने र यहाँको उत्पादन विदेश पठाएर आर्थिक रूपमा धनी हुन सकिने उनको भनाइ थियो।

250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?