जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • पूर्व गभर्नरले उठाए बैंकर्स संघको कार्टेलिङबाट हुने ब्याज निर्धारणमाथि प्रश्न

पूर्व गभर्नरले उठाए बैंकर्स संघको कार्टेलिङबाट हुने ब्याज निर्धारणमाथि प्रश्न

पूर्व गभर्नर दीपेन्द्रपुरुष ढकालले बैंकर्स संघमार्फत कार्टेलिङ गरेर निर्धारण भइरहेको ब्याजको विरोध गरेका छन्। उनले मुलुकमा ब्याजदर नेपाल राष्ट्र बैंकले अथवा बैंकर्स संघले कार्टेलिङ गर्न पाउँछन् र भनेर प्रश्न पनि उठाए।

केही वर्षदेखि बैंकर्स संघले ब्याज दर तय गर्न थालेको छ। यसको बाहिरबाट चर्को विरोध गरेपनि खुला बजार अर्थतन्त्रको वकालत गर्ने दाबी गरेका बैंकरले भने नसुने झैं गरिरहेका छन्।

नेपाल व्यवस्थापन संघद्वारा आयोजित आगामी मौद्रिक समीक्षा बारे छलफल कार्यक्रममा बोल्दै ढकालले ब्याजदरमा भइरहेको कार्यलाई राष्ट्र बैंकले रोक्नुपर्ने बताए।

अर्का पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले ब्याजदर बढाउँदा पनि महँगी नियन्त्रण नभएकोमा चिन्ता देखाएका छन्।

आयातमुखी अर्थतन्त्रले गर्दा आन्तरिक महँगी नियन्त्रण नभएको बताउँदै उत्पादनशील अर्थतन्त्रलाई प्रोत्साहन गर्ने किसिमको मौद्रिक नीति चाहिने बताए।

3235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका