जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनसेल र एनटिसीले ल्याए साढे ४ अर्बका दूरसञ्चार उपकरण

एनसेल र एनटिसीले ल्याए साढे ४ अर्बका दूरसञ्चार उपकरण

चालू आर्थिक वर्ष (आव) को पहिलो ४ महीनामा दुई मोबाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले साढे ४ अर्ब रुपैयाँ बराबरका दूरसञ्चार उपकरण आयात गरेका छन् । टेलिकम कम्पनीहरूले पूर्वाधार निर्माणमा तीव्रता दिएसँगै यस वर्ष दूरसञ्चार उपकरण आयात ह्वात्तै बढेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार चालू आवको पहिलो चौमासिकसम्ममा टेलिकम कम्पनीहरूले चार अर्ब ५६ करोड १९ लाख रुपैयाँका दूरसञ्चार उपकरण आयातको सिफारिश लिएका छन् । यो गत आवको सोही अवधिको तुलनामा ४ अर्ब १३ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा ५४ करोड ८७ लाख रुपैयाँ बराबरका उपकरण आयात भएको थियो ।

प्राधिकरणका अनुसार साउनदेखि कात्तिक महीनासम्म नेपाल टेलिकम र एनसेलबाहेक अन्य इन्टरनेट सेवाप्रदायक कम्पनी लगायत कुनै कम्पनीले उपकरण आयात गरेका छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले देशैभर फोरजी विस्तार तथा पुराना उपकरणको स्तरोन्नतिका कारण उपकरण आयात बढी भएको बताए । हाल टेलिकमले ३२ जिल्लाका ५९ शहरमा फोरजी सेवा दिइसकेको छ ।

8220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका