
चालु आर्थिक वर्ष ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यो वर्ष पुससम्म रेमिटेन्स आप्रवाह ३९.१ प्रतिशत वृद्धि भएको हो।
पुसमा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। गत वर्ष पुसमा १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।
यो वर्ष ६ महिनामा वैदेशिक रोजगारीका लागि ४ लाख १ हजार ५४० अन्तिम र पुन:श्रम स्वीकृति लिएका छन्। यो संख्या गत वर्ष सोही अवधिको तुलनामा ८ हजार बढी हो।
पोहोर पुससम्म ३ लाख ९३ हजार वैदेशिक रोजगारीका लागि बाहिरिएका थिए।
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































