जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ग्लोबल आइएमईमा जनताका दुई सञ्चालक थपिए

ग्लोबल आइएमईमा जनताका दुई सञ्चालक थपिए

ग्लोबल आइएमई र साबिक जनता बैंक बीचको मर्जरपछि ग्लोबल आइएमई बैंकमा केशवबहादुर रायमाझी र विनितकुमार अग्रवाल नियुक्त भएका छन्। रायमाझी जनता बैंकका अध्यक्ष थिए।

ग्लोबलले साबिक जनता बैंकको प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीलाई नै प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो। मर्जरको सम्झौता पत्रअनुसार कुँवरलाई प्रमुख कार्यकारी नियुक्त भएका हुन् भने ग्लोबलका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई वरिष्ठतम नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको छ।

त्यस्तै ग्लोबलका बहालवाला पाँच संचालक चन्द्रप्रसाद ढकाल, सुदर्शनकृष्ण श्रेष्ठ, सुमन पोखरेल, कृष्णप्रसाद शर्मा र नुमनाथ पौडेल यथावत छन्। जनता बैंकमा रहेका लंगबहादुर केसी, रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, संजिव न्यौपाने र मिनाकुमारी सैंजु भने बाहिरिएका छन्।
शुक्रबारको निर्णयअनुसार जनताका दुई सञ्चालक नियुक्त भएका हुन्। यससँगै ग्लोबलको सञ्चालकमा सातजना रहने छन्। दुई बैंक मर्जरसँगै शुक्रबारदेखि एकीकृत कारोबार सुरू भइसकेको छ। दुवै बैंकले मंसिर २ गते वार्षिक साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव शेयरधनीहरूबाट अनुमोदन गराएका थिए। मर्जरपछि ग्लोबल आइएमई सबैभन्दा ठूलो बैंक बनेको छ

4545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका