जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् शपथ

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् शपथ

नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच ठाकुरलाई सभामुख डोल प्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । शुक्रबार नै भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।

उपसभामुखमा निर्वाचित भए लगत्तै रुबीकुमारीले आफ्नो दल श्रम संस्कृति पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्। उनले शुक्रबार नै पार्टी अध्यक्ष हर्क साम्पाङलाई आफ्नो राजीनामा पत्र बुझाएकी छन् । राजीनामा पत्रमा उनले उपसभामुख जस्तो गरिमामय र तटस्थ पदको जिम्मेवारी सम्हाल्न लागेकाले संविधान र कानुनको मर्यादा राख्दै एक तटस्थ व्यक्तिको हैसियतले काम गर्न पार्टी परित्याग गरेको उल्लेख गरेकी छन् । अब उनले सभाको कामकारबाहीमा कुनै दल विशेषको पक्ष नलिई स्वतन्त्र भूमिका निर्वाह गर्नेछिन् ।

300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका