जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • हङकङको नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु

हङकङको नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु

नेपाली समूदायले सञ्चालन गरेको हङकङ जोर्डनको एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ भने ८ देखि ४८ जना घाइते भएका छन् । उक्त घटनामा नौ वर्षीय बालकसहित समेत रहेको बताइएको छ ।

आगलागीमा परी चार पुरुष र तीन महिलाको मृत्यु भएको हो । उनीहरुको उमेर ९ देखि ४० वर्ष छ ।  ११ जना घाइते भएका र ८ देखि ४८ जना व्यक्ति उक्त आगलागीबाट पीडित भएको हङकङ सरकारले जनाएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन ।

घाइतेमध्ये सात जनाको अवस्था गम्भीर हङकङका डिस्टिक काउन्सिल मेम्बर लेसलाई चनले बताएका छन । ती अधिकारीका अनुसार उक्त रेष्टुरेन्ट पनि विना अनुमति सञ्चालन गरिएको बताए ।

हङकङका स्थानीय पत्रिकाका अनुसार भाडाका प्रयोजनका लागि बनाइएको भएपनि सुरक्षाका पर्याप्त साधनहरु छैनन् । उक्त भवनमा नेपालीहरु दीपावाली र बर्थडे पार्टी मनाइरहेका बेला आइतबार राति करिब ८ बजेतिर आगलागी शुरु भएको एबीसी न्यूज डट गोडटकमले जनाएको छ ।

हङकङको अग्नि नियन्त्रण विभागका अनुसार आगलागीको कारण हालसम्म पनि थाहा हुन सकेको छैन भने उक्त भवन पुरानो भएकाले ढोकाहरु बन्द रहेका कारणले उक्त रेष्टुरेष्टको किचेनमा रहेका मानिसहरुको उद्दार हुन नसकेको उक्त विभागका अफिर च्यूङग नोङग युले बताए ।

9220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका