
माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको ‘८.२५% माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर सूचीकृत गराएको हो, जसको कुल निष्कासन मूल्य ३ अर्ब रुपैयाँ रहेको छ । नेप्सेमा सूचीकरण भएसँगै उक्त अग्राधिकार शेयर २०८३ साल जेठ २० गतेदेखि धितोपत्रको दोस्रो बजारमा औपचारिक रूपमा कारोबारका लागि उपलब्ध भएको छ । बैंकले यसअघि जारी गरेको उक्त शेयर दोस्रो बजारमा आएपछि लगानीकर्ताका लागि कारोबारको नयाँ विकल्प थपिएको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार














































