जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • सरकारले पश्चिम सेती र सेती नदी -६ आयोजना भारतलाई सुम्पियो

सरकारले पश्चिम सेती र सेती नदी -६ आयोजना भारतलाई सुम्पियो

नेपाल सरकारले  ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी -६ जलविद्युत आयोजना अध्ययन र निर्माणको जिम्माको भारतीय कम्पनी एनएचपीसीलाई सुम्पिएको छ । यस समबन्धि सम्झौतामा आज हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपालको तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकरी अधिकृत सुशील भट्ट र एनएचपिसीको तर्फबाट एमडी अभय कुमार सिंहले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा प्रधानमन्त्री शेर बहादुर देउवा, उर्जा मन्त्री पम्फा भुषाल, तथा अर्थ मन्त्री जनार्दन शर्माको उपस्थित थिए ।

यस अघि लगानी बोर्डले  ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी -६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न भारतीय कम्पनी एनएचपिसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको थियो। एनएचपिसी भारत सरकारकोको स्वामित्व भएको कम्पनी हो  ।

आयोजना निर्माण अनुमति पाएर लामो समयसम्म काम नगरेपछि सरकारले यी आयोजना चिनियाँ कम्पनी चाइना थ्री गोर्जेजबाट खोसेको थियो ।

1370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?