जोडिनुहोस
बुधबार, जेष्ठ २०, २०८३
बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • प्रभु बैंक घोटाला प्रकरणः जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ

प्रभु बैंक घोटाला प्रकरणः जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राम जानकी हेल्थ फाउन्डेसन तथा जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । उनलाई धनुषाको छिरेश्वरनाथ–१, रमदैयास्थित मेडिकल कलेज परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

पाण्डेमाथि ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेनरी साइसेन्स प्रालि’ नामक कृत्रिम व्यवसाय खडा गरी, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै धितोको अस्वाभाविक बढी मूल्यांकन गराएर कर्जा लिएको आरोप छ ।

उनले प्रभु बैंक लिमिटेडबाट जुन प्रयोजनका लागि कर्जा लिएका थिए, सो कार्यमा नलगाई अन्यत्र प्रयोग गरेर पटकपटक कर्जाको दुरुपयोग गरेको सीआईबीले जनाएको छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको गम्भीर कसुरमा संलग्नता देखिएकाले उनलाई कानुनी कारबाहीका लागि पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ ।

यस्तो छ सीआईबीको प्रेस विज्ञप्ती

“Shell कम्पनी/कृत्रिम व्यवसाय खडा समेत गरी पटक पटक कर्जा दुरुपयोग गरेको कसूरमा संलग्न राम जानकी हेल्थ फाउण्डेसनको सञ्चालक समितिको अध्यक्ष ओम प्रसाद पाण्डे पक्राउ”

Institute of Agriculture Forest and Veterinary Sciences Pvt. Ltd. (वर्दिवास न.पा. वडा नं. ६ महोत्तरी) नामक Shell कम्पनी/कृत्रिम व्यवसाय खडा समेत गरी Detail Project Plan (DPR) बिना तथा धितोको अस्वभाविक रुपमा बढी मुल्यांकन गरी/गराई कर्जा लिएको, प्रभु बैंक लिमिटेडबाट जुन प्रयोजनको लागि कर्जा लिएको हो सो को अन्यत्र प्रयोग गरी गराई पटक पटक कर्जाको दुरुपयोग गरी/गराई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा संलग्न काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ९ रातोपुल बस्ने राम जानकी हेल्थ फाउण्डेसनको सञ्चालक समितिको अध्यक्ष तथा Institute of Agriculture Forest and Veterinary Sciences Pvt. Ltd. को एकल सञ्चालक ओम प्रसाद पाण्डेलाई सम्मानित उच्च अदालत पाटन ललितपुरबाट मिति २०८२/०८/२८ गते पक्राउ पूर्जी जारी गर्ने अनुमति लिई आज मिति २०८३/०२/२० गते जिल्ला धनुषा छिरेश्वरनाथ न.पा. वडा नं. १ रमदैया स्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका