
बीमा र धितोपत्र कसुरका कारण शीर्ष अधिकारीहरू निलम्बनमा परेपछि नेपाल बीमा प्राधिकरणले पाँच लघुबीमा कम्पनीलाई तत्काल विशेष साधारणसभा बोलाउन निर्देशन दिएको छ। अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू निलम्बनमा पर्दा कम्पनीको दैनिक कामकारबाही प्रभावित भएको भन्दै प्राधिकरणले सञ्चालन र व्यवस्थापनलाई सुचारु गर्न यस्तो निर्देशन दिएको हो।
अधिकारीहरू निलम्बनमा परेको दुई साताभन्दा बढी समय बितिसक्दा पनि कम्पनीहरूले कायममुकायम (कामु) सीईओसम्म नियुक्त नगरेपछि कामकाज ठप्प भएको भन्दै कर्मचारीहरूले प्राधिकरणमा उजुरी दिन थालेका थिए। कर्मचारीको चर्को दबाब र उजुरीपछि निगरानी बढाएको प्राधिकरणले कम्पनीको नियमित कार्य नरोक्न र संस्थालाई व्यवस्थित रूपमा अघि बढाउन विशेष साधारणसभाको विकल्प अघि सारेको हो।
प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सलाई कम्पनी ऐनको दफा ८२ र प्राधिकरणको सुशासन निर्देशिका अनुसार अघि बढ्न निर्देशन दिएको छ। सो व्यवस्थाअनुसार कम्पनीको चुक्ता पुँजीको कम्तीमा १० प्रतिशत सेयर लिएका सेयरधनी वा कुल सेयरधनीमध्ये कम्तीमा २५ प्रतिशतले कारण खुलाएर ३० दिनभित्र बस्ने गरी विशेष साधारणसभा बोलाउनुपर्ने कानुनी प्रावधान रहेको छ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार



















































