
नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदर थप घट्ने नदिने जनाएको छ। राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आगामी वर्ष २०८३/८४ मा कार्यान्वयन हुने मौद्रिक नीति जारी गर्दै ब्याजदर थप घट्न नदिने बताएका हुन्।
यसका लागि बजार रहेको बढी तरलता राष्ट्र बैंकले आफ्नो खर्चमा खिच्ने जनाएको छ। अहिले राष्ट्र बैंकले औसत रूपमा बजारमा २.७५ प्रतिशतमा तरलता खिचेको छ।
त्यस्तै, अहिले बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई दिने औसत ब्याजदर ३.३५ प्रतिशत छ। गभर्नर पौडेलले आर्थिक अवस्थाले ब्याजदर थप घट्ने सक्ने संकेत गर्दै यहाँभन्दा बढी घट्न नदिने उल्लेख गरेका हुन्।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































