जोडिनुहोस
बुधबार, जेष्ठ २७, २०८३
बुधबार, जेष्ठ २७, २०८३

हालको खबर

  • होमपेज
  • सीजी मोटोकर्पले घटायो सुजुकी इ-भिटाराको मूल्य

सीजी मोटोकर्पले घटायो सुजुकी इ-भिटाराको मूल्य

नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी) को कर संरचनामा परिवर्तन गरेसँगै सुजुकीको प्रिमियम ईभी ‘इ-भिटारा’ को मूल्य घटेको छ। सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले इ-भिटाराका चारै भेरियन्टमा अधिकतम १ लाख रुपैयाँसम्म मूल्य कटौती गरेको हो।

कम्पनीका अनुसार सरकारले उपलब्ध गराएको कर सहुलियतको प्रत्यक्ष लाभ ग्राहकसम्म पुर्‍याउने उद्देश्यले यो नयाँ मूल्यसूची तत्काल लागू हुने गरी सार्वजनिक गरिएको हो। यो संशोधित मूल्य नयाँ बुकिङ तथा हालसम्म डेलिभरी हुन बाँकी रहेका पुराना अर्डरहरूमा समेत लागू हुनेछ। कम्पनीले पहिलो १०० वटा बुकिङका लागि सीमित अवधिसम्म कायम रहने गरी विशेष सुरुवाती (इन्ट्रोडक्टरी) मूल्य निर्धारण गरेको छ। जसअनुसार विभिन्न भेरियन्टको मूल्य र विशेषता यस प्रकार छन्:

डेल्टा भेरियन्ट (४९ किलोवाट आवर ब्याट्री): यसअघि ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको यो सुरुवाती भेरियन्ट अब ४८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ। एक पटकको फुल चार्जमा यसले करिब ४४० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।

जेटा भेरियन्ट (६१ किलोवाट आवर ब्याट्री): ५७ लाख ९९ हजार रुपैयाँ पर्ने यो भेरियन्टको मूल्य घटेर अब ५२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। यसले प्रतिचार्ज करिब ५०० किलोमिटरको रेन्ज प्रदान गर्दछ।

अल्फा भेरियन्ट (६१ किलोवाट आवर ब्याट्री): भ्यान्टिलेटेड सिट, प्रिमियम इन्टेरियर र एडभान्स्ड एम्बियन्ट लाइटिङ जस्ता फिचर्सले सुसज्जित यो भेरियन्ट अब ६३ लाख ९९ हजारको साटो ५८ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ।

अल्फा डीटी भेरियन्ट (ड्युअल-टोन डिजाइन): इ-भिटाराको यो फ्ल्यागसिप ड्युअल-टोन भेरियन्टको मूल्य ६४ लाख ४९ हजारबाट घटाएर ५९ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ।

सुजुकी इ-भिटारा ‘हार्टेक्ट-इ’ प्लेटफर्ममा आधारित नेपालकै पहिलो जापानी ब्याट्री इलेक्ट्रिक भेहिकल हो। यसमा सुरक्षाका लागि लेभल-२ एडीएएस, ७ वटा एयरब्याग र गाडीबाट अन्य उपकरण चार्ज गर्न मिल्ने ‘भी टु एल’ प्रविधि जस्ता अत्याधुनिक सुविधाहरू समावेश छन्।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका