जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • कृषि विकास बैंकले डाक्यो साधारणसभा

कृषि विकास बैंकले डाक्यो साधारणसभा
कृषि विकास बैंकले पुस २७ गते १३ औ वार्षिक साधारणसभा डाकेको छ। बैंकको सञ्चालक समितिले यस अगाडि ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो।उक्त लाभांश पुस १० गतेसम्म शेयर खरिद गर्ने प्राप्त गर्न सक्नेछन्। साधारणसभा प्रयोजनका लागि बैंकले पुस १३ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्नेछ। बैंकले नेपाल सरकारको अग्राधिकार शेयरको लागि पनि ६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।

वितरणयोग्य संचित मुनाफाबाट बोनस शेयर र गत वर्षको नाफाबाट नगद लाभांश दिने भएको हो। हालको चुक्ता पुँजी ९ अर्ब १५ करोड रुपैयाँ छ। यसको ६ प्रतिशत बोनस शेयर प्रदान गरेपछि साधारण शेयर पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ कायम हुनेछ।

नेपाल सरकारको फिर्ता नहुने अग्राधिकार शेयरको लागि भने ६ प्रतिशतका दरले यस वर्ष ३२ करोड ५९ लाख रुपैयाँ नगद प्रदान गर्नेछ। बोनस शेयर वितरणपछि नेपाल सरकारको अग्राधिकार शेयर सहित चुक्ता पुँजी १४ अर्ब ९८ करोड रूपैयाँ पुग्नेछ।

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैंकले गत वर्ष चार अर्ब ३५ करोड रूपैयाँ नाफा आर्जन गरेको थियो। बोनस शेयर, नगद लाभांश र अग्राधिकार शेयरका लागि समेत गरेर बैंकले यो वर्ष तीन अर्ब तीन करोड रूपैयाँ लाभांश वितरण गर्ने भएको हो। सोही वित्तीय विवरणअनुसार जगेडा कोषमा १० अर्ब ४० करोड रूपैयाँ छ।

6870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?