जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • एनसीसीले डाक्यो वार्षिक साधारणसभा

एनसीसीले डाक्यो वार्षिक साधारणसभा

एनसीसी बैंकले आगामी माघ १७ गते २२ औं वार्षिक साधारणसभा गर्ने भएको छ। बैंकले यसअघि घोषणा गरेको १५ प्रतिशत बोनस शेयर साधारणसभामा पेश हुनेछ। उक्त लाभांश माघ ६ गतेसम्म शेयर खरिद गर्ने प्राप्त गर्न सक्नेछन्।

साधारणसभा प्रयोजनका लागि बैंकले माघ ७ गते एक दिन बुक क्लोज गर्ने छ। बैंकको हालको चुक्त पुँजी ८ अर्ब १३ करोड रूपैयाँ छ। बोनस शेयरपछि पुँजी ९ अर्ब ३५ करोड रूपैयाँ पुग्नेछ। साधारणसभाले सर्वसाधारण समुहबाट एकजना महिला सञ्चालकको निर्वाचन गर्ने भएको छ। बैंकको नियमावलीमा कम्तिमा पनि एक जान महिला सञ्चालक हुने व्यवस्था रहेको छ।

नियमावलीमा पहिलो पटक सर्वसाधारण समुहबाट र अर्को पटकका लागि संस्थापक समुहबाट महिला प्रतिनिधि हुने व्यवस्था भएअनुसार पालैपालो सर्वसाधारण र संस्थापक समुहबाट कम्तिमा एकजना महिला संचालक हुने छन्। यस पटकदेखि सञ्चालकहरूको बैठक भत्ता बढाउने प्रस्ताव साधारणसभमा पेश गरिने भएको हो।

9105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्