जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • जनरल इन्स्योरेन्सको नाफा ७८ प्रतिशतले बढ्यो, बीमा कोषमा १० करोड १६ लाख

जनरल इन्स्योरेन्सको नाफा ७८ प्रतिशतले बढ्यो, बीमा कोषमा १० करोड १६ लाख

जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद दाबी भुक्तानी र खुद बीमा शुल्क आर्जन रकम घटेको छ ।

यस अवधिमा कम्पनीको खुद बढेको छ । अघिल्लो आर्थिक वर्षमा ५ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष अर्थात आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमाससम्ममा ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७८ प्रतिशत बढी हो ।

समिक्षा अवधिमा कम्पनीले करोड २० करोड ७० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जज गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन घटेको हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले ७ करोड ४९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी सामान्य घटेको हो ।

१ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ८ करोड ७५ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४ करोड ६५ लाख रुपैयाँ मात्र संचिती रहेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको बढेको हो ।

यस अवधिमा कम्पनीको बीमा कोषमा १० करोड १६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ५ करोड १० लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष बढेको हो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ ११९ रुपैयाँ ६५ पैसा रहेको छ ।

4990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका