जोडिनुहोस
मङ्लबार, अशोज १६, २०८०
मङ्लबार, अशोज १६, २०८०
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकले भिसाबाट पायो ह्याकरले लुटेको पैसाको शोधभर्ना

नेपाल इन्भेष्टमेन्ट बैंकले भिसाबाट पायो ह्याकरले लुटेको पैसाको शोधभर्ना

नेपाली एटिएमबाट ५चिनियाँ ह्याकरले लुटेको पैसा नेपाल इन्भेष्टमेन्ट बैंकले  भिसाबाट फिर्ता पाएको छ। ह्याकरहरुले नेपाल इन्भेष्टमेन्ट बैंकको पनि एटिएम बुथ प्रयोग गरी झिकेको उक्त रकम शोधभर्ना स्वरुप पाएको बैंकले बताएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले भिसा नेटवर्कको प्रविधी चल्ने कार्ड हो । ती चिनियाँ ह्याकरले नेपाल इन्भेष्टमेन्ट बैंकको मेसिन प्रयोग गरेर झिकेको पैसा भिसाले उपलब्ध गराएको छ ।

बैंकबाट ह्याकरहरुले ५० लाख रुपैयाँ झिकेको र सो रकम भिसाले सतप्रतिशत फिर्ता गरिसकेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले आर्थिक बजार न्यूज डटकमसंग भने ।

५ चिनीयाँ ह्याकरहरुले लेटेष्ट प्रविधिको प्रयोग गरी नेप्स र भिसाको सम्पर्क हुने बीचमा बसेर पैसा बैंकको एटिएमबाट लिकालेको अनुसन्धानले बताएको छ । जसले गर्दा ह्याकरद्वारा चोरीएको रकमको शोधभर्ना दिनु पहिलो दायित्व भिसाको भएको कारण भिषाले नेपाल इन्भेष्टमेण्ट बैंकलाई उक्त रकम दिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?