जोडिनुहोस
बिहिबार, मंसिर ६, २०८१
बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • चैतको किस्ता अन्तिममा गएर तिर्न मिल्ने बनाउनुपर्छ

अन्तरवार्ता

चैतको किस्ता अन्तिममा गएर तिर्न मिल्ने बनाउनुपर्छ

पर्शुराम कुँवर, सीईओ ग्लोबल आइएमई बैंक

चैतको किस्ता अन्तिममा गएर तिर्न मिल्ने बनाउनुपर्छ

देश लकडाउनमा गएको १३ दिन बितिसकेको छ । कोभिड-१९ को संक्रमण फैलन नदिन लकडाउन गरिएका बेला पनि बैंकका कर्मचारीहरु भने काममा खटिरहेका छन् ।

यस्तो बन्दाबन्दीका बेला बैंकहरुले दिएको सुविधा नागरिकहरुले कत्तिको उपयोग गरेका छन् ? कोरोनाकै कारण भोलि थप समस्या सिर्जना भए बैंकहरुको अवस्था के होला ? अनि सरकारले चैतको किस्ता असारमा तिर्ने गरी ऋणीहरुलाई दिएको सुविधाबारे बैंकहरुको धारणा के छ ? यिनै प्रश्नमाथि केन्द्रित रहेर ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)पर्शुराम कुँवरसँग गरिएको कुराकानीको सम्पादित अंश :

लकडाउनमा बैंकहरुले कसरी सेवा दिइरहेका छन् ?

सबै क्षेत्रमा असर परेपछि बैंकिङ क्षेत्रमा असर त पर्ने नै भयो । हाम्रै बैंकको कुरा गर्ने हो भने, शुरुका दिनहरुमा ८० देखि ९० वटासम्म शाखा कार्यालयहरु खोलेर सेवा दिएका थियौं । अहिले ४५ देखि ५० वटामात्रै देशभरमा शाखा खोल्ने गरेका छौं । शाखा खोल्नका लागि हामीले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्ने गरेका छौं ।

स्थानीय तहहरुले कहिले शाखा खोलनुस् भन्छन्, कहिले आजचाहिँ खोल्दै नखोलनुस भन्छन् । हाम्रो कोशिसचाहिँ हरेक स्थानीय तहमा शाखा खोल्ने भन्ने हो । कुनै कुनै ठाउँ लु लु खोलिदिनु परो भन्छन् । कहिलेकाहीँ आज नखोल्न परो भनेर बसेका बेला ग्राहकहरुबाट मेरो यस्तो काम परो भनेर फोन आउँछ ।

त्यस्तो बेलामा हामीले स्थानीय तह र सीडीओ कार्यालयसँग सल्लाह गरेर शाखा खोलेर सेवा दिने गरेका छौं । एटीएमहरु भने हाम्रो २४ सैँ घण्टा खुला रहनेछन् । पैसा सकिएका बेला ग्राहकलाई सूचना गरेर बढीमा २ घण्टा बन्द हुन सक्ला, नभए सधंै खुला नै रहनेछन् ।

पैसा निकाल्न नपाएका कारण औषधि नै किन्न नपाउने, खाद्यान्न नै किन्न नपाउने अवस्था नआओस् भन्ने हाम्रो चाहाना हो । केही अप्ठेरो परेको अवस्थामा सम्पर्क गर्न सबैले सक्नुहुनेछ ।

सबै बैंकको अवस्था अहिले यही हो । हामीले सकेसम्म बैंकमा नआउनुस् नै भनेका छौं । हाम्रा कर्मचारीहरु र सर्वसाधारण हाम्रा ग्राहकहरुका लागि पनि सुरक्षाका लागि डिजिटल कारोबार गर्न भनेका छौं । सकेसम्म मोवाइल बैंकिङको प्रयोग गर्नुस् भनेका छौं ।

अहिलेको अवस्थामा नगदमा कारोबार नै नगरेको राम्रो हो । यदि नगद नै चाहियो भने एटीएम मेसिन प्रयोग गर्नुस् भनेका छौं । त्यो पनि भएन भनेचाहिँ बैंकमा आउनुस् ।

हामीले सबै शाखा कार्यालयहरु खोलेर सेवा दिन पाएका छैनौं । साधारण कारोबारको तुलनामा अहिले १५/२० प्रतिशतमात्रै कारोबार भएको छ । सर्वसाधारण जनता बैंकसम्म आउन पाउनुभएको छैन । मानिस नै नआएपछि कारोबार हुने कुरा भएन । अहिले कतिपय हाम्रो शाखा कार्याल्यहरुमा ४/५ वटामा मात्रै ट्रान्जेक्सन हुन्छ ।

यदि हाम्रो बैंक बन्द छ भने खबर गर्नुस् भनेका छौं । सम्पर्क मोवाइल नम्बरहरु वेभसाइटहरुमा राखेका छौं । सम्पर्क गर्नुभयो भने कसरी हुन्छ, हामी ग्राहकहरुको सेवामा खटिनेछौं ।

पैसा निकाल्न नपाएका कारण औषधि नै किन्न नपाउने, खाद्यान्न नै किन्न नपाउने अवस्था नआओस् भन्ने हाम्रो चाहाना हो । केही अप्ठेरो परेको अवस्थामा सम्पर्क गर्न सबैले सक्नुहुनेछ ।

ऋणीहरुले चैतमा तिर्नुपर्ने साँवा ब्याज असारमा तिरे हुने भएको छ । चैतमा नै तिरे १० प्रतिशत ब्याज छुट पाउने राष्ट्र बैंकले बताएको छ, यसलाई कसरी लिनहुन्छ ?

चैतमा नै यो समस्या टुंगिन्छ र वैशापछि समस्या समाधान भइहाल्छ भन्ने हिसाबले चैतको किस्तालाई मात्रै असारसम्म सारिएको छ । यो चैतबाट लम्बियो, वैशाख भन्दा पनि पछि धकेलियो भने समस्या पर्छ ।

राष्ट्र बैंकले पनि गर्न सक्ने धेरै ठाउँ छैन । आफूले जति गर्न सक्ने हो, त्यो राष्ट्र बैंकले गरेको हो । यो शुरुवाती अवस्थामा तत्कालै गर्नुपर्ने कुरा गरेको हो । अहिलेको अवस्था लम्बियो भने, राष्ट्र बैंकले थप केही प्याकेज ल्याउला । कामु गभर्नर सा’पको अन्तरवार्तामा मैले पनि सुनेको छु । भोलि असहज अवस्थामा परेको खण्डमा राष्ट्र बैंकले सहज बनाउने केही नीति लिन्छ ।

यसको सट्टामा बरु चैतको किस्ता अन्तिममा गएर तिर्न मिल्ने बनाउनुपर्छ भन्ने लाग्छ । जस्तो- अन्तिम किस्ता ०७७ सालको चैत मसान्तमा तिर्नुपर्ने छ भने त्यसलाई एक महिनापछि धकेलेर वैशाखमा तिर्न सकिने बनाउँदा सहज हुन्छ होला भन्ने लाग्छ ।

राष्ट्र बैंकले दोस्रो चरणमा ल्याउने प्याकेजचाहिँ कस्तो हुनुपर्छ ?

मलाईचाहिँ कस्तो लाग्छ भने चैत महिनाको किस्ता असारमा तिर्नु भनियो, अब असारमा त असारकै किस्ता पनि त तिर्नुपर्‍यो नि । असारमा अब दुई महिनाको किस्ता तिर्नुपर्ने हुन्छ । दुई महिनाको किस्ता एकैपटक तिर्नु पर्दा त समस्या पर्ला नि ।

यसको सट्टामा बरु चैतको किस्ता अन्तिममा गएर तिर्न मिल्ने बनाउनुपर्छ भन्ने लाग्छ । जस्तो- अन्तिम किस्ता ०७७ सालको चैत मसान्तमा तिर्नुपर्ने छ भने त्यसलाई एक महिनापछि धकेलेर वैशाखमा तिर्न सकिने बनाउँदा सहज हुन्छ होला भन्ने लाग्छ ।

यसो भयो भने दोहोरो प्रेसर पर्दैन । एक महिना थप गरिदियो भने धेरै सहज हुन्छ । यसमा हामीले विचार गर्नुपर्छ भन्ने लाग्छ । विश्वका धेरै देशहरुले यसै गरेका छन् । मलेसियाले पनि क्लियररुपमै एक महिना थपेको छ । राष्ट्रबैंकबाट नयाँ प्याकेज आएको अवस्थामा यो समेटिन्छ भन्ने मलाई लाग्छ ।

शाखा खोलेर सुविधा दिइरहदा बैंकमा खटिने कर्मचारीहरुले आफूलाई कत्तिको सुरक्षित महशुस गरेका छन् त ?

हामीले काममा खटिइरहेका कर्मचारीहरुलाई बैंकले उपलब्ध गराएकै गाडीहरु प्रयोग गर्न भनेका छौं । बैंकका गाडीहरुमा स्यानिटाइज गरेका छौं । हाम्रा सवारी चालकहरुले पनि गाडी चढ्नु भन्दा अगाडि स्टाफहरुलाई पञ्जा दिने, माक्स दिने र हातमा स्यानिटाइजर लगाउन भन्ने गरेका छन् । स्वास्थ्य सुरक्षाका लागि यी सावधानीहरु नअपनाएसम्म चालकले गाडी चलाउँदैनन् ।

बैंकका कर्मचारीहरुलाई यो छुट्टी होइन, यो वर्क  फ्रम होम हो भनेर बुझाएका छौं ।

बैंकमा पुगिसकेपछि पनि आवश्यक सुरक्षा सतर्कता अपानाउनुपर्ने हुन्छ । काम गर्दा दूरी कायम गरेर बस्न भनेका छौं । सबै स्टाफहरु दूरी कायम गरेर काम गर्नुहुन्छ । ग्राहकहरुलाई पनि हामीले यी सावधानीहरु अपनाउन भनेका छौं ।

कतिपय कामहरु घरमा बसेर गर्न नसकिने किसिमका पनि हुन्छ । त्यसका लागि अफिसमै जानु पर्छ । नगद दिने काम छ भने त्यो त अफिसमै जानुपर्छ । घरबाट सम्भव छैन ।

ग्राहकहरुलाई घरबाटै ब्रेकिङ कारोबार गर्न भनेका छौं । हाम्रै कर्मचारीहरुलाई पनि घरबाटै हुने काम घरबाटै गर्न भनेका छौं । जस्तो-ऋण नवीकरण घरमै बसेर गर्न सक्छौं । यसका लागि हामीले सिस्टम बनाइसकेका छौं । धेरै कामहरु घरबाटै गर्न सक्छौं । ती काम अहिले हाम्रा स्टाफहरुले घरबाटै गर्नुहुन्छ ।

ग्राहकहरुलाई पनि हामीले टेलिफोनबाट सम्पर्क गर्नुस भनेका छौं । सकेसम्म घरमै बसेर काम गर्नुपर्छ ।

बैंकका कर्मचारीहरुलाई यो छुट्टी होइन, यो वर्क फ्रम होम हो भनेर बुझाएका छौं । हाम्रा विभागीय प्रमुख, शाखा प्रवन्धकहरुलाई पनि यो होलिडे होइन, यो वर्क फ्रम होम हो आफ्ना कर्मचारीहरुलाई घरमै बसेर काम गर्न भन्नुस् भनेका छौं ।

तर, कतिपय कामहरु घरमा बसेर गर्न नसकिने किसिमका पनि हुन्छ । त्यसका लागि अफिसमै जानु पर्छ । नगद दिने काम छ भने त्यो त अफिसमै जानुपर्छ । घरबाट सम्भव छैन ।

यो संकटले बैंकिङ क्षेत्रलाई कहाँसम्म असर गर्ने देखिन्छ ? भोलि बैंकहरु ठूलै समस्यामा पर्ने पो हुन् कि ?

सबै क्षेत्रमा यसको असर परेको छ । बैंकिङ क्षेत्रमा पनि यसको असर हुन्छ नै । कसरी हुन्छ समस्यामा पर्नबाट जोगाउनुपर्छ । सरकारको पनि धेरै ठूलो क्षमता छैन । विभिन्न दातृ निकायहरुले सपोर्ट पनि गरिरहेका छन् । आपत पर्दा गर्लान् नै । एडीबी, वर्ल्ड  बैंक, आइएमएफ लगायतले सहयोग गर्लान् ।

भर्खर वर्ल्ड बैंकले २९ मिलियन डलर, एडीबीले ६० मिलियन डलर र आएएमएफले ७८.५ मिलियन एबीआरओ त्यो भनेको १०८ मिलियन डलर सहयोग गर्ने भनेका छन् । यो नेपाली रुपैयाँ करिब-करिब २ सय अर्ब रुपैयाँ सपोर्ट गर्ने भनेको हो । कोरोनाकसँग लड्नका लागि यो रकम हो ।

वर्ल्ड बैंकले आगामी १५ महिनासम्ममा १.९ बिलियन डलर विभिन्न देशहरुलाई सहयोग गर्ने भनेको छ । यसमा विभिन्न २५ वटा देशहरु परेका छन्, हाम्रो देश भने परेको छैन । यस अघि २९ मिलियन डलर दिएको कारण पनि हाम्रो देश समावेश नभएको होला । वर्ल्ड  बैंकबाट अन्य सहयोगहरु पनि आइरहेको हुन्छ ।

सहयोगहरु आउलान् । यूएन, वर्ल्ड बेंकहरुले विकासोन्मुख देशहरुलाई सहयोग गर भनेर आहृवान गरिरहेका छन् । हामी समस्यामा गयौं भने सबै क्षेत्रलाई असर गर्छ नै । सबै मिलेर लड्नुपर्छ, असर सबै क्षेत्रलाई पर्छ । आफ्नो क्षमताअनुसार आफू पनि जोगिने हो, अरुलाई पनि जोगाउने हो ।

कतिसम्म ड्यामेज होला भनेर अहिले आँकलन गर्न सकिने अवस्था छैन । चीनमा यो समस्या समाधान भइसक्यो ८१ हजार केसमा १७०० केस बाँकी छ । त्यसमा पनि गम्भीर भनेको ३ देखि ४ सयको हाराहारीमा छन् भन्ने बुझिएको छ । भारत, पाकिस्तानमै यसको संख्या बढिरहेको छ ।

रेमिट्यान्स हाम्रै ग्राहकको छ भने सम्बन्धित ग्राहककै खातामा रकम जम्मा हुन्छ । स्वतः यो जम्मा हुन्छ, केही गर्नुपर्दैन । दोस्रो, अर्को बैंकको खातामा जम्मा हुने, त्यो पनि अटोमेटिक जम्मा भइरहेको छ ।

नेपाल भुटान जस्ता देशहरुमा पनि संक्रमण फैलिरहेको अवस्था छ । ८ लाख जनसंख्या भएको देशमा ५ जनामा भेटिएको छ । हाम्रोमा फाट्टफुट्ट निस्किरहेका छन् । सामाजिक दूरी कायम गरेर यसलाई फैलन नदिन सतर्क रहनुपर्छ । सरकारले जुन कुरा गरिरहेको छ, जनताले पनि साथ दिएका छन् । यो एकदमै राम्रो कुरा हो ।

सिरिसय हुनुभन्दा पहिले नै राम्रो कदम चालिएको छ । यो एकदमै राम्रो कुरा हो । कामना गरौं, ठूलो समस्या आउँदैन । बैंकिङ क्षेत्रमा पनि त्यति ठूलो असर गर्दैन ।

रेमिट्यान्स निकाल्न पाइएन भनेर गुनासो आइरहेको छ, बैंकहरुले यो सुविधामा कत्तिको ध्यान दिएका छन् ?

होइन, त्यो सही होइन । पहिलो कुरा त ७५ प्रतिशतले रेमिट्यान्स घटेको छ । पहिला पहिला जति रकम आउँथ्यो, अहिले त्यसको २५ प्रतिशतमात्रै आएको छ ।

रेमिट्यान्समा तीन किसिमको मोडल छ । जस्तो- मेरो बैंकको कुरा गर्नुहुन्छ भने, आएको रेमिट्यान्स हाम्रै ग्राहकको छ भने सम्बन्धित ग्राहककै खातामा रकम जम्मा हुन्छ । स्वतः यो जम्मा हुन्छ, केही गर्नुपर्दैन । दोस्रो, अर्को बैंकको खातामा जम्मा हुने, त्यो पनि अटोमेटिक जम्मा भइरहेको छ ।

तेस्रो चाहिँ खाता छैन, नगद नै निकाल्नुपर्ने अवस्था छ । यसमा सबैलाई सुविधा हामीले दिएका छौं । बैंकको काउन्टरसम्म पुग्नुपर्‍यो, यो सुविधा पाइन्छ । हामीले नगद जम्मा गर्ने र खाताबाट निकाल्ने काम मात्रै नगर्नू भनेका छौं ।

रेमिट्यान्स पनि काउन्टरबाटै पेमेन्ट भइरहेको छ । कुनै ग्राहकले केही समस्या परे सिधै सम्पर्क गर्नु भए हुन्छ । सबै बैंकहरुले वेवसाइटहरुमा सम्बन्धित मान्छेहरुको सम्पर्क नम्बर राखेका छन् । त्यहाँ सिधा सम्पर्क गरेर ग्राहकहरुले आफ्नो समस्या समाधान गर्न पाउनुहुनेछ । बैंकिङ सुविधामा कुनै कमी हुँदैन । (अनलाइन खबर डटकमबाट लिइएको)

7305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?