जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • युनियन लाइफको बीमा शुल्क आर्जन ४५ प्रतिशतले बढ्दा अन्य सूचकमा यस्तो छ सुधार

युनियन लाइफको बीमा शुल्क आर्जन ४५ प्रतिशतले बढ्दा अन्य सूचकमा यस्तो छ सुधार

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा २१ प्रतिशलते घटेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा १३ करोड तीन लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने १६ करोड ६० लाख रुपैयाँ थियो ।

नाफामा गिरावट देखिए पनि खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन भने ४५ प्रतिशतले बृद्धि भएको छ । यसै अवधिमा कुल बीमा शुल्क आर्जन ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ भने खुद बीमा शुल्क आर्जन ६ अर्ब ५८ करोड रुपैयाँ छ ।

कम्पनीले गत आर्थिक वर्षमा सर्वसाधारण शेयर जारी गरेर चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा ७६ करोड ५९ लाख रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोषमा पनि ७ अर्ब ६५ करोड रुपैयाँ जम्मा भैसकेको छ । कोषमा सुधार सँगै कम्पनीले ६ अर्ब ४८ करोड रुपैयाँ दिर्घकालिन लगानी तथा कर्जा प्रवाह गरेको छ । बीमितले बीमालेख धितोमा राखेर मात्रै ८२ करोड रुपैयाँ कर्जा लिएका छन् ।

विभिन्न क्षेत्रमा कर्जा लगानी तथा अन्य आय मात्रै ८६ प्रतिशतले सुधार भएको छ । यस्तो आर्जन ६५ करोड ८ लाख रुपैयाँ रहेको छ । गत वर्ष खुद दाबी भुक्तानी १०५ प्रतिशतले बढेको छ । यस अवधिमा कतिपय पोलिसी सरेण्डर हुँदा पनि दाबी भुक्तानी बढेको हो ।

कम्पनीले गत वर्ष दाबी भुक्तानी मात्रै एक अर्ब ८७ करोड रुपैयाँ भुक्तानी गरेको हो । त्यस्तै अभिकर्ता कमिसन पनि ३३ प्रतिशतले बढेको छ । अभिकर्ताहरुले कमिसन तथा इन्सेन्टिभबापत एक अर्ब २० करोड रुपैयाँ बुझेका हुन् । बीमालेख संख्या ४ प्रतिशतले घटेर २ लाख ६७ हजार वटा कायम छ ।

2635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका