जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नागरिक लगानी कोषबाट ऋण लिनेलाई ब्याजमा १०% छुट,

नागरिक लगानी कोषबाट ऋण लिनेलाई ब्याजमा १०% छुट,

कोभिड-१९ का कारण अप्ठेरोमा परेका सेवाग्राहीका लागि नागरिक लगानी कोषले ब्याजमा केही छुट दिने भएको छ।

कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीले लिएको आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गर्ने सहभागीहरुलाई ब्याज भुक्तानीमा छुट दिने भएको हो।

अहिले पनि कोषले नियमित पैसा बुझाउनेलाई ब्याजमा निष्चित छुट दिँदै आएको छ। यो छुटसमेत गरी गत चैतदेखि २०७७ असारसम्मको व्याज असारभित्र बुझाएमा चार महिनामा पाकेको  व्याज रकममा १० प्रतिशत छुट उपलब्ध हुने छ।

कोषको बिहीबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको अवस्थालाई मध्यनजर गर्दे यस्तो निर्णय गरेको जनाएको छ।

कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा उसको हकवालालाई क्षतिपूर्ति वापत २ लाख रुपैयाँ प्रदान गरिने भएको छ।

9075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्