जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • तरलता अभाव र चर्को ब्याजको मारमा गाडी बिक्रेता, भन्सारका गाडी छुटाएनन्

तरलता अभाव र चर्को ब्याजको मारमा गाडी बिक्रेता, भन्सारका गाडी छुटाएनन्

तरलता अभाव र चर्को ब्याजका कारण गाडी बिक्रेताले भन्सार जाँचपास गरेका छैनन्। भन्सार विभागका अनुसार विभिन्न भन्सार कार्यालयमा २५ सय सवारी साधनमै थन्किएका छन्।

भन्सार कार्यालयले सवारी साधनको जाँचपासका लागि पटकपटक ताकेता गर्दा पनि व्यवसायी गएका छैनन्।नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाका अनुसार हाल भन्सारमा रहेका २५०० गाडीहरुमा ९९ प्रतिशत कमर्सियल रहेका छन्। कमर्सियल गाडीहरुमा टाटा, फोर्स, महिन्द्रा, अशोक लेल्याण्ड लगायतका कम्पनीहरुका धेरै छन्।

‘भन्सारबाट प्यासेन्जर भेहिकल प्राय: सबै छुटिसकेका छन्,’ उनले भने, ‘यसमा पनि कियाका गाडीहरु अलिकति छन्। यसमा पनि धेरै बिक्री नहुने गाडीहरु मात्र छन्। तर अरु सबै कमर्सियल गाडी मात्र छन्।’

हाल कमर्सियल गाडीहरुको बिक्री समेत ७० प्रतिशत घटेको थापा बताउँछन्। ‘अहिले बजारमा कुनै गाडीहरुको माग नै छैन। बिक्री ७० प्रतिशतले ओरालो लागेको ७ महिना जस्तो भइसकेकोले भन्सार जाँचपास नभएको हो,’ उनले भने।

यस्तै टाटा गाडी बिक्रेता सिप्रदीले पनि कमर्सियल सवारीसाधानको बिक्री घटेको जनाएको छ। कम्पनीका अनुसार कमर्सियल गाडीहरुको पनि माग नै हुन छाडेका छन्। थापाले बैंक ब्याजदरले सबै सवारी साधनको माग नरहेको थापाले बताए।

उनका अनुसार जति गाडी आयात गर्दा पैसा लाग्छ त्यो भन्दा धेरै भन्सार छुटाउन पैसा लाग्छ। ब्याजदर कम नहुन्जेल अटो व्यवसायीहरु गाडी नछुटाउने पक्षमा रहेको उनले बताए।

‘प्यासेन्जर सवारीको अभाव छ। कमर्सियलको व्यापार छैन। बैंकको ब्याजले ग्राहकहरु आफै गाडी खरिद गर्न आउन सक्ने वातावरण छैन,’ उनले भने।

कुन भन्सारमा कति ?

भैरहवा भन्सारमा महिन्द्राको जीप १, टाटाको जीप, बस र त्यसका लागि ल्याएका च्यासिस गरी ६८७, मित्सुबिसीको कार डपल क्याप २६, ट्याक्टर ४४, एसएमएल च्यासिस ५३, किया कार ५३, फोर्स जीप १०, फक्सवागनको पोलो कार ५ र हुन्डाईको कार ६ युनिट गरी कुल ८८५ गाडी तथा च्यासिसहरु छन्।

रसुवाको टिमुरे भन्सारमा पनि गाडीहरु थन्किएर बसिरहेका छन्। यो भन्सारबाट चिनियाँ ब्रान्डका गाडीहरु आउने गर्छन। यो भन्सारमा ग्रेट वाल मोटर्सको हावेल, एमजी, बिवाइडी, निटा भीलगायतका गाडीहरु नेपाल आयात हुन्छन्। हाल यस भन्सारमा ७५ वटा गाडीहरु अड्किएका छन्।

यसैगरी वीरगंज भन्सारमा पनि १८०० गाडीहरु व्यवसायीले छुटाएका छैनन्। यो भन्सारमा च्यासिस सहितका १२५० वटा र अन्य कार, जीप तथा पिकअपहरु गरी ५५० वटा छन्। यो कार्यालयमा केही विद्युतीय गाडीहरु पनि रहेका छन्।

चुनावपछि तुरुन्तै आन्दोलन

थापाका अनुसार चुनावपछि तुरुन्तै आन्दोलनमा जाने तयारी छ। आन्दोलनका लागि नाडाले समिति गठन गरेको छ। सुनिल रिजालको अध्यक्षतामा १३ सदस्यीय सहितको समिति गठन गरिएको छ।

समितिमा सात प्रदेशका अध्यक्षहरु, कमिटीका सभापतिहरु, दुई पांग्रे, चार पांग्रे, डिलर्स, कमर्सियल सवारीसाधनका सभापतिहरु रहेका छन्। नाडाले बैंकको ब्याजदर र आयात खोल्ने विषयमा अन्दोलन गर्ने उनले बताए।

उनले बैंक ब्याज थेग्न नसक्ने अवस्थामा पुगेको र आयात प्रतिवन्धले व्यवसायनै संकटमा पुगेको बताए।  ‘हामीले चरणवद्ध आन्दोलन गर्ने तयारीमा छौं। सुरुवातमा सबै शोरुम तथा डिलर बन्द गरेर जानेछौं,’ उनले भने।

थापाका अनुसार आन्दोलनमा आयात खोल्ने भन्दा पनि बैंकले प्रदान गर्ने ऋणको ब्याज घटाउने मुख्य विषय हुनेछ।

1785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका