जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • ऋणीहरुले निश्चित उद्देश्यका लागि निश्चित रकम लिई निश्चित समयमा भुक्तानी गर्ने प्रतिबद्धतासहित बैंकबाट कर्जा लिएका हुन्छन्। उनीहरुको स्वार्थ न्यूनतम ब्याजमा ऋण पाइयोस् भन्ने हुन्छ। अहिलेको अवस्थामा सबैभन्दा बढी प्रभावित वर्ग नै यही (ऋणी) हो।

ऋणीहरुले निश्चित उद्देश्यका लागि निश्चित रकम लिई निश्चित समयमा भुक्तानी गर्ने प्रतिबद्धतासहित बैंकबाट कर्जा लिएका हुन्छन्। उनीहरुको स्वार्थ न्यूनतम ब्याजमा ऋण पाइयोस् भन्ने हुन्छ। अहिलेको अवस्थामा सबैभन्दा बढी प्रभावित वर्ग नै यही (ऋणी) हो।

कोरोनाले जनस्वास्थ्यमा पारेको प्रभाव सँगसँगै साढे दुई महिनादेखिको लकडाउनले आर्थिक-सामाजिक जीवनमा परेको प्रतिकूल प्रभाव गहिरिँदै गएको छ। आर्थिक क्षेत्रमा यो असर प्रष्ट रूपमा देखिन थालिसकेको छ। यसले गर्दा वर्षौंको मिहिनेतले स्थापित उद्योग–व्यवसाय र बिभिन्न व्यवसायिक प्रतिष्ठानहरु पनि धराशायी बन्ने अवस्था आएको छ।

यसै प्रसंगमा अहिले व्यवसायीहरुसँगै सर्वसाधारणबाट बिभिन्न प्रश्नहरु उठिरहेका छन् – अरु सबै व्यवसाय लकडाउनले बन्द हुने तर बैंकको ब्याजको मिटर किन चालु रहने ? व्यवसाय बन्द भए पनि व्यवसाय संचालनका लागि लिइएको ऋणको ब्याज भने तिरिराख्नुपर्ने किन ? २–३ महिनाको ब्याज नलिँदा बैंक नै डुब्ने हो र ? छुट दिन किन नसक्ने ?

आदिइत्यादि।वर्तमान परिस्थितिमा यी प्रश्नहरु अस्वभाविक होइनन्। तर, प्रश्न गर्दागर्दै पनि हामीले यिनै प्रश्नहरुमाथि वित्तीय कारोबारको ‘चेन इफेक्ट’ माथि एकपटक गहिरिएर सोच्न आवश्यक छ। किनकि, बैंक आफैंमा एउटा संवेदनशील संस्था हो, जो जनमानसको विश्वासले चलेको हुन्छ। बैंकका पनि विभिन्न स्वार्थसमूह वा प्रत्यक्ष सरोकारवालाहरु हुन्छन्। यसकारण बैंक तथा वित्तीय संस्थाहरुले गर्ने निर्णय र चल्ने तौरतरिकामा ती सबैको चासो जोडिएका हुन्छन्।

लगानीकर्ता वा सेयरधनी, बचतकर्ताहरु, ऋणीहरु बैंक तथा वित्तीय संस्थाका त्यस्ता प्रमुख सरोकारवालाहरु हुन्, जसको हितलाई उपेक्षा गरेर उनीहरुले कुनै पनि निर्णय गर्न सक्दैनन्।

१. लगानीकर्ता अर्थात् सेयरधनी: लगानीकर्ताहरुले आफ्नो वर्षौंको परिश्रमबाट आर्जेको रकम केही प्रतिफलको आशमा नै बैंकको सेयरमा लगानी गरेका हुन्छन्। उनीहरुको स्वार्थ बैंकले अधिकतम लाभांश प्रदान गरोस् भन्ने हुन्छ। यसैले बैंकले पनि आफ्ना सेयरधनीको चासो सम्बोधनका लागि आफूले गरेको नाफाबाट निश्चित प्रतिशत प्रतिफल लगानीकर्ताहरुलाई दिन्छ।

यदि बैंकले चित्तबुझ्दो प्रतिफल दिन नसके लगानीकर्ताले आफ्नो लगानी फिर्ता लिन सक्छ, जसले गर्दा लगानीकर्तामा बैंकप्रति विश्वासको संकट सिर्जना हुन्छ। त्यसो हुन नदिनका लागि पनि बैंकहरुले अहिलेको जटिल परिस्थितिमा पनि आफ्ना शाखाहरु संचालन गर्दै आएका छन्, ताकि ग्राहकलाई सेवा प्रदान गर्दै लगानीकर्तालाई केही प्रतिफल दिन सक्ने अवस्था बनोस्।

२. निक्षेपकर्ता: निश्चित प्रतिशत ब्याजको आश गरेर बचतकर्ताहरुले आफ्नो आर्जन बैंकमा जम्मा गरेका हुन्छन्। यसमा कृषकदेखि, उद्यमी, निवृत्त कर्मचारी, निश्चित तलबधारी वर्ग, पेन्सन, सामाजिक सुरक्षा भत्ता आदि प्राप्त गर्ने व्यक्तिहरु अधिक रहेका छन्।
यस्ता निक्षेपकर्ताहरुको स्वार्थ बैंकले बढीभन्दा बढी ब्याज देओस् भन्ने हुन्छ। उनीहरुले बचत गरेको रकममा बैंकले प्रत्येक दिनको हिसाव गरेर ब्याज भुक्तानी गरेको हुन्छ भने कतिपय बचतकर्ताले त्यही ब्याजबाट आफ्नो जीविकोपार्जन गरिरहेका छन्।

३. बैंकका ऋणी: ऋणीहरुले निश्चित उद्देश्यका लागि निश्चित रकम लिई निश्चित समयमा भुक्तानी गर्ने प्रतिबद्धतासहित बैंकबाट कर्जा लिएका हुन्छन्। उनीहरुको स्वार्थ न्यूनतम ब्याजमा ऋण पाइयोस् भन्ने हुन्छ। अहिलेको अवस्थामा सबैभन्दा बढी प्रभावित वर्ग नै यही (ऋणी) हो।
बैंकले आफ्नो स्वपुँजीको तुलनामा कयौं गुणा बढी सर्वसाधारणको पुँजीमार्फत् आर्थिक कारोबार संचालन गरेको हुन्छ। अर्थात्, बैंकले गर्ने कारोबारको अधिकांश रकम सर्वसाधारण जनताको बचतबाट आएको हुन्छ। यस्तो अवस्थामा बैंकको आम्दानी भन्नु नै कर्जामा लिइने ब्याज तथा निक्षेपमा प्रदान गरिने ब्याजको अन्तर (स्प्रेड) तथा विभिन्न किसिमका गैर–कोषीय आम्दानीहरु हुन्। यी आम्दानीबाट नै बैंकले आफ्नो अन्य संचालन खर्चहरु समेत जुटाउनुपर्ने हुन्छ।

जसरी हामीले एउटा आँखाले बैंकले ब्याजमात्रै असुल गरेको देख्छौं, त्यसरी नै अर्को आँखाले निक्षेपकर्ताहरुलाई दिइएको ब्याजलाई पनि देख्नुपर्ने हुन्छ। यसकारण अहिले लकडाउनका बीच पनि बैकले ब्याज लिने गरेको मात्रै चर्चा गरिनु न्यायपूर्ण हुँदैन। किनकि निक्षेपकर्ताहरुलाई पनि बैंकले ब्याज तिरिरहेकै छ ।

निक्षेप संकलनमा बैंकहरुबीच भएको तीव्र प्रतिस्प्रर्धाका कारण अधिकांश बैंकहरुसँग अहिले चर्को ब्याजमा संकलित निक्षेप रहेको छ। अर्कोतर्फ, कर्जा लगानी हाल ठप्पप्रायः रहेकाले लगानीयोग्य रकम (तरलता) पनि बैंकसँग यसै रहिरहेको छ। यसले गर्दा बैंकले ठूलो मात्रामा ‘अवसर नोक्सानी’ (अपरच्युनिटी लस) व्यहोर्नु परिरहेको अवस्था छ।

त्यस्तै, सामान्यतयाः आर्थिक वर्षको अन्तिम त्रैमासमा बैंकहरुको ब्याज तथा किस्ता असुली अत्यधिक हुने गर्छ। तर यो वर्ष चैतको दोस्रो सातादेखि नै देश लगातार लकडाउनको अवस्थामा रहेकाले अत्यधिक ब्याज तथा किस्ता असुली हुनुपर्ने समयमा न्यून र अझ लगभग नभएसरह नै छ।

यसले एकातर्फ अघिल्लो आर्थिक वर्षभन्दा चालु वर्ष आम्दानी घट्ने निश्चित छ भने त्यसमाथि लगानी भएको कर्जाको गुणस्तरमा समेत प्रश्न चिन्ह खडा भएको छ जसले समग्र बैंक नै धराशायी नबन्ला भन्न सकिन्न।

बैंक तथा वित्तीय संस्थाले सामाना गर्नुपरेको यो अप्ठ्यारो परिस्थितिबाट अर्थतन्त्रमा बहुपक्षीय आर्थिक समस्या सिर्जना हुन सक्ने जोखिम छ। यस्तो अवस्थामा बैंकले ऋणीहरुको लागि गर्न सक्ने भनेको हालको प्रिमियममा केही प्रतिशत कम गरी कर्जाको पुनरावलोकन तथा भुक्तानी अवधि केही समयका लागि थप गरिदिन सक्ने मात्रै हो। प्रभावित व्यवसायीलाई सहयोग हुने किसिमले ब्याजदरमा अन्य थप छुट दिने हो भने उक्त छुट रकमका लागि सोधभर्नाको व्यवस्था सरकारबाट हुनुपर्छ, जसका लागि बैंकले सहकार्य गर्न सक्दछन्। (पौडेल कृषि विकास बैंक भैरहवाका वरिष्ठ व्यवसाय अधिकृत हुन्)

7680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका