जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बूढानीलकण्ठ नगरपालिका वडा नं २ देखि ललितपूर-लामाटारसम्म माघ १ गतेबाट सार्वजनिक यातायात सञ्चालनमा

बूढानीलकण्ठ नगरपालिका वडा नं २ देखि ललितपूर-लामाटारसम्म माघ १ गतेबाट सार्वजनिक यातायात सञ्चालनमा

बूढानीलकण्ठ नगरपालिका वडा नं. २ स्थित निर्माण हुँदै बसपार्कबाट नयाँ रुटको सार्वजनिक यातायात सञ्चालन गरिएको छ।

माघ १ गते दिन बूनपा वडा नं. २ का वडाध्यक्ष राजेन्द्र खड्का, वडाका सदस्यहरु राजेन्द्र श्रेष्ठ तथा महिला सदस्य ज्ञानु कार्की थापाद्वारा संयुक्त उद्घाटन गरिएको छ। बूढानीलकण्ठ नगरपालिका वडा नं. २ मा निर्माणको क्रममा रहेको  बसपार्कबाट हामी सबैको यातायात प्रा.लि. द्वारा भंगाल, सामुदायिक मार्गबाट, चपली घुम्ति हुँदै नारायाणगोपाल चोकबाट जमल, जावलाखेल, ललितपूर, लामाटारसम्मको बस सञ्चालनमा लेराएको हो।

माघ १ गते देखि सञ्चालन हुने गरि उद्घाटन गरिएको उक्त सार्वजनिक यातायात सेवाको शुरुवातका लागि दिलकुमार लिम्बुज्यूको महत्वपुर्ण भुमिका रहेको वडाका अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिएका छन्।  माघ १ गते गरिएको उद्घाटन कार्यक्रममा वडा तथा अन्य स्थानका विभिन्न व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो।

11640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका