जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • खातामा पैसा नभइ चेक काट्नेलाई सात दिन सम्म कैद र जरिवानाको फैसला

खातामा पैसा नभइ चेक काट्नेलाई सात दिन सम्म कैद र जरिवानाको फैसला

खातामा पैसा नभए पनि चेक काटेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई अदालतले कैद तथा जरिवाना गरेको थियो। अदालतले आदेश दिए पनि उनीहरु भागेर बसिरहेका थिए।

बैकिङ कसुर मुद्दामा अदालत पाटनले गत फागुन १८ गते सुनिता चित्रकारलाई तीन दिन कैद साढे ६ लाख जरिवाना हुने ठहर गरेको थियो।

यसैगरी गत माघ १४ मा मनोजलाल सिंह सुवाललाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई अदालतले सात दिन कैद दश लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्राउ गरी कारागार चलान गरेको छ।

11255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका