जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बहराइनबाट पनि इसेवा मनि ट्रान्सफरमार्फत पैसा पठाउन सकिने

बहराइनबाट पनि इसेवा मनि ट्रान्सफरमार्फत पैसा पठाउन सकिने

बहराइन फाइनान्सिङ र इसेवा मनि ट्रान्सफरबीच रेमिटेन्स सेवाका लागि सम्झौंता भएको छ। यो सेवा सुरु भएपछि बहराइनमा रहेका नेपालीले विएफसीको ५५ वटा शाखामार्फत रकम पठाउन सक्नेछन्।

कम्पनीका अनुसार विएफसी बहराइन एपबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन्। नगद पठाइएको पैसा इसेवा वालेटमा प्राप्त गर्दा ग्राहकले ५५ रुपैयाँ क्यासब्याक पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

इसेवा मनि ट्रान्सफरले डिजिटलका साथै एजेन्ट वेस रेमिटेन्स सेवामार्फत पैसा दिँदै आएको छ। कम्पनीका प्रवन्ध निर्देशक अजेश कोइरालाले नयाँ सम्झौंतासँगै रेमिटेन्स कारोबारको क्षेत्र विस्तार हुँदै गएको बताए।

11355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका