जोडिनुहोस
आइतवार, चैत्र ३१, २०८१
आइतवार, चैत्र ३१, २०८१
  • होमपेज
  • प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयर बिक्री गर्ने कोही पनि छैन

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयर बिक्री गर्ने कोही पनि छैन

आइतबारबाट कारोबार सुरु भएको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयर बिक्री गर्ने कोही पनि छैनन्। तर खरिदमा भने ३१ लाख कित्ताको माग छ।

यो भनेको कम्पनीले सर्वसाधारणलाई जारी गरेको सेयरको ५० प्रतिशतभन्दा बढी हो। २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक सेयर निष्कासन गरेको थियो।

कर्मचारीलाई ५ प्रतिशत र सामूहिक लगानी कोषका लागि पनि ५ प्रतिशत छुट्याएर बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणले पाएका थिए। १० कित्ताका दरले बाँडफाँट भएको थियो।

कम्पनीको सुरुवाती मूल्य १०९ रुपैयाँदेखि ३२८ रुपैयाँसम्म तोकिएको थियो। सोमबार खरिदकर्ताले १४५ रुपैयाँसम्म तिर्ने बताएका छन्। बिक्रीमा भने कोही पनि छैन। समाचार तयार पार्दासम्म जम्मा ५० कित्ता मात्र बिक्री भएको छ।

5430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका