जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • बरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित

बरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बागलुङ जिल्लाका विभिन्न संघ संस्थाबाट सम्मानित हुनुभएको छ । ग्रुपका विभिन्न कम्पनीहरुले आयोजना गरेका व्यवसायीक कार्यक्रमहरूलाई सम्बोधन गर्न गृह जिल्ला बागलुङ पुग्नुभएका ढकाललाई सोहि अवसरमा त्यहाँका स्थानीय संघ संस्थाले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि सम्मान गरेका हुन् ।

बागलुङ जिल्लाकै पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयले एक कार्यक्रम आयोजना गरी स्वस्ती वाचनसहित सम्मान गरेको थियो । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष ढकालले विद्यालय समुदायसँग नजोडिँदा गुणस्तर र विद्यार्थीको शैक्षिक चरित्रमा असर परेको बताउँनुभयो । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

जिल्लाको गहनाका रूपमा रहेको विद्यामन्दिर माविका विद्यार्थीलाई भविष्यमा आउने हरेक चुनौतीसँग जुध्न सक्ने बनाउने र उनीहरूको शैक्षिक क्षमता बलियो बनाइदिने महान् कार्य शिक्षकहरूको हातमा रहेको धारणा राख्नुभयो । यसका लागि गुणस्तरीय शिक्षामा जोड दिँदै त्यसलाई अझ प्रभावकारी बनाउने दायित्व विद्यालयको भएको ढकालले बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई बैंकर्स बागलुङले सम्मान गरेको छ । कार्यक्रममा ढकालले पेशागत हिकहितको पक्षमा काम गर्ने बताएका थिए । सम्मान कार्यक्रम बैंकर्स बागलुङका अध्यक्ष दीपक शर्माको अध्यक्षता, सचिव ओमप्रकाश पौडेलको सन्चलान, सदस्य सुदिप राजभण्डारीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष (वेटिङ्ग प्रेसिडेन्ट) मा निर्वाचित भएपछि उपाध्यक्ष ढकाल पहिलोपटक गृह जिल्ला बागलुङ पुग्नुभएको हो । उक्त अवसरमा बागलुङ आसपासमा क्रियाशील विभिन्न संघ–संस्थाहरूले सम्मान कार्यक्रमको आयोजना गरी स्थानीय क्षेत्रको आर्थिक विकासमा देखिनेगरी लगानी गर्न आइएमई ग्रुपका अध्यक्ष समेत रहेका बरिष्ठ उपाध्यक्ष ढकाललाई स्थानीयहरूले अनुरोध गरेका थिए ।

6530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका