
आज शिखर इन्स्योरेन्सको १५औं र १६औं वार्षिक साधारणसभा हुँदैछ। आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ गरी दुई आर्थिक वर्षको वित्तीय प्रतिवेदन पारित गर्ने छ।
कम्पनीले गत असार मसान्तमा कायम चुक्ता पुँजीको ३६.१ प्रतिशतका दरले बोनस सेयर दिने छ। यो भनेको चालु आर्थिक वर्ष बाँडफाँट गरिएको हकप्रदपछि कायम पुँजीको २७.७६ प्रतिशत हुन आउँछ। यससँगै १.९ प्रतिशत नगद लाभांश वितरण गर्ने छ।
कम्पनीको अधिकृत पुँजी ४ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित हुनेछ। बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा संस्थापक सेयरधनीको हिस्सा घटाउने प्रस्ताव पनि पारित हुनेछ।
अहिले ६० प्रतिशत रहेको हिस्सालाई ५१ प्रतिशतमा झारिने छ। ४० प्रतिशतको सर्वसाधारणको हिस्सालाई ४९ प्रतिशत पुर्याइने छ।
बोनस सेयरपछि कायम हुने पुँजीमा ३० प्रतिशत हकप्रद सेयर पनि दिइने छ।
यता सिन्धु विकास बैंकको ११औं वार्षिक साधारणसभाले वित्तीय प्रतिवेदन पारित गर्ने छ। यसबाहेक लेखा परीक्षक नियुक्त गर्ने एजेण्डा पनि पारित गर्ने छ।
अरुण भ्याली हाइड्रोपावर विकास कम्पनीको आज बुकक्लोज हो। आजसम्म सेयर खरीद गर्नेले एक बराबर ०.५ को अनुपातमा हकप्रद सेयरमा दाबी गर्न पाउने छन्
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































