जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विदेशमा रहेका नेपालीहरुलाई रेमिट्यान्स पठाउने सजिलो माध्यम माछापुच्छ्रे बैंकको ‘रेमिट्याप’

विदेशमा रहेका नेपालीहरुलाई रेमिट्यान्स पठाउने सजिलो माध्यम माछापुच्छ्रे बैंकको ‘रेमिट्याप’

माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र ए.एम.भी. टेल कम्पनी बीच ‘रेमिट्याप’ मोबाइल वालेट सेवा सञ्चालन सम्बन्धि त्रि–पक्षीय सम्झौता भएको थियो । सोही सम्झौता बमोजिम चैत्र २५ गते एक कार्यक्रमको आयोजना गरी ‘रेमिट्याप’ मोबाईल वालेट सेवाको शुभारम्भ भएको छ । यो नेपालमा सुरु गरिएको पहिलो ३६० डिग्री ई–रेमिट्यान्स र ई–पेमेन्ट माध्यम हो । अब विदेशबाट रेमिट्यान्स पठाउने नेपालीहरुका अतिरिक्त बैंकका ग्राहकहरु र सम्पूर्ण सर्वसाधरणले उक्त मोबाइल वालेटको प्रयोग गरी छिटो, सस्तो र सहज तरिकाले रेमिट्यान्स पठाउन सकिने बैंकले जानकारी दिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले ‘रेमिट्याप’ वालेटबाट विशेष गरी विदेशमा रहनु भएका नेपालीहरु लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको बताए । उनले वालेटमा विविध सुविधाहरु रहेको र अनलाईन, मर्चेन्ट भुक्तानी, आदि जस्ता सेवाहरु ‘रेमिकार्ड’ (इन्किृप्टेड भर्चुअल मनी कार्ड) मार्पmत गर्न सकिने प्रविधि समेत रहेको बताए ।

ए.एम.भी. टेल कम्पनीका प्रबन्ध निर्देशक अनिल शर्माले हाल प्रयोगमा आउने रेमिट्यान्स पठाउने माध्यमहरुमा बढी समय र खर्च लाग्ने भएकाले विदेशमा रहनु भएका नेपालीहरुले सहज र सस्तो मूल्यमै तुरन्त नेपालका आफ्ना परिवारजनहरुको बैंककै खाता/वालेटमा आउने गरी पैसा पठाउन मिल्ने सुविधा रहेको र नेपालको १० हजार ठाउँबाट रकम झिक्न सकिने व्यवस्था रहेको बताए ।

यस ‘रेमिट्याप’, आईओएस तथा एन्ड्रोइड दुवै अपरेटीङ सिस्टम प्रयोगकर्ताको लागी उपलब्ध रहेको बताइएको छ । बैंकले देशभर रहेका आफ्ना ९९ वटा शाखाहरु लगायत ७६ शाखा रहित बैकिङ्ग सेवा देशभर १२१ वटा एटीएमहरु बाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

7640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका