जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • डिसहोम र प्रभु टिभीबीच एक्वायर गर्न प्रारम्भिक छलफल,’दुवै कम्पनीबीच कुराकानी सकारात्मक हुँदैछ’

डिसहोम र प्रभु टिभीबीच एक्वायर गर्न प्रारम्भिक छलफल,’दुवै कम्पनीबीच कुराकानी सकारात्मक हुँदैछ’

डिसहोमले प्रभु टिभीलाई एक्वायर गर्ने प्रक्रिया थालेको छ। दुवै कम्पनीले औपचारिक रुपमा एकआपसमा गाभिने गरी छलफल सुरु गरेका छन्।

दुवै कम्पनीहरु प्रारम्भिक छलफलकै क्रममा रहेको स्वीकार्दै अन्य धेरै पक्ष टुङ्ग्याउन बाँकी रहेको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले बिजमाण्डूलाई जानकारी दिए।

‘सकारात्मक हिसाबले दुवै कम्पनीबीच कुराकानी भइरहेको छ तर, सबै टुङ्गिसकेको छैन,’ आचार्यले भने। डिसहोमले आइपीओ जारी गर्ने चर्चा चलिरहँदा प्रभु टिभीसँगको मर्जर प्रक्रिया अघि बढाएको छ। डिसहोमले यसअघि केबल टेलिभिजन सेवा दिँदै आएको सिम टिभी खरिद गरेको थियो।

दुवै कम्पनी एक भएको खण्डमा प्रभु टिभीका ग्राहकहरुलाई डिसहोमका सेवा लिन सहज हुने विश्वास डिसहोमको छ। डिसहोमले डिटिएच प्रविधिबाट टेलिभिजन र फाइबर इन्टरनेटका सेवा दिँदै आएको छ। यस्तै, प्रभु टिभीले पनि टेलिभिजनका साथै इन्टरनेट सेवा दिइरहेको छ। डिसहोमसँग १८ लाख, सिम टिभीका सवा लाख ग्राहक छन् भने प्रभु टिभीका करिब डेढ लाख ग्राहक छन्।

6485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?