जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सानिमा लाइफले ६० करोड रुपैयाँको आइपिओ निष्काशन गर्दै

सानिमा लाइफले ६० करोड रुपैयाँको आइपिओ निष्काशन गर्दै

सानिमा लाइफले प्राथमिक शेयर निष्काशनको अनुमतिका नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो ।  प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले रेटिङ गराइसकेको छ । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार  मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।

कम्पनीले २०७४ मंसिरमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभाबाट प्राथमिक शेयर निष्काशनको प्रस्ताव पारित गरिसकेको छ । नियम अनुसार कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारणसभा गर्नु पर्छ । यहि जेठ २३ गते कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण सहित वार्षिक साधारणसभा गर्दै छ । उक्त साधारणसभा सम्पन्न हुने वित्तीकै कम्पनीलाई प्राथमिक शेयर निष्काशनका लागि पुर्ण रुपमा बाटो खुला हुनेछ ।

कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिए पछि कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्न सक्नेछ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

4845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका