जोडिनुहोस
आइतवार, चैत्र ३०, २०८१
आइतवार, चैत्र ३०, २०८१
  • होमपेज
  • सेवाग्राहीको समस्यालाई सम्बोधन गर्न यी नम्बरमा फोन गर्न राष्ट्र बैंकको आग्रह

सेवाग्राहीको समस्यालाई सम्बोधन गर्न यी नम्बरमा फोन गर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले  सेवाग्राहीको समस्यालाई सम्बोधन गर्न अधिकारीहरू तोकेको छ ।  बैंकले सूचना जारी गरी  बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवाहरूलाई  थप प्रभावकारी बनाउन, सर्वसाधरणको जिज्ञासाको जवाफ दिन एवम् सुझाव लिन तथा सेवाग्राहीलाई परेको समस्या सम्बोधन गर्न बैंकले अधिकारीहरू तोकेको हो ।

जसअन्तर्गत विप्रेषण (रेमिटान्स), विदेशी मुद्रा सटरी, टीटी, प्रतीतपत्र तथा विदेशी विनिमय कारोबारसम्बन्धी सम्पूर्ण विषयहरूका सम्बन्धमा  विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरुप्रसाद पौडेललाई फोन नम्बर ९८५१०२४८५३ साथै paudelguru@nrb.org.np मा सम्पर्क गर्नु पर्ने छ ।

यस्तै बैंकमा रकम जम्मा गर्ने वा झिक्ने, ऋणको साँवा ब्याज तिर्ने लगायत बैंकिङ कारोबारसम्बन्धी सम्पूर्ण विषयहरूको सम्बन्धमा बैंक तथा वित्तीय संस्था नियमन विभागका किरण पण्डितलाई फोन नम्बर ९८५१०९७३४६ साथै इमेल kiranpandit@nrb.org.np मा सम्पर्क गर्नु पर्ने छ ।

यस्तै मोवाइल, इन्टरनेट बैंकिङ, डेबिट कार्ड तथा क्रेडिट कार्डको प्रयोग, एटएिम सेवाको उपयोग तथा सबै प्रकारका डिजिटल बैंकिङ कारोबार सम्बन्धमा भुक्तानी प्रणली विभागका निश्र्चल अधिकारी फोन नम्बर ९८५१०१७६२३ साथै इमेल nischaladk@nrb.org.np  मा सम्पर्क गर्नु पर्ने छ ।

7265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका