जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ५ खर्ब डलर नाघ्यो मस्कको सम्पत्ति

५ खर्ब डलर नाघ्यो मस्कको सम्पत्ति

टेस्लाका मालिक एलन मस्कको कूल सम्पत्ति ५ खर्ब डलर नाघेको छ। फोर्ब्स इन्डेक्सका अनुसार, बुधबार उनको कूल सम्पत्ति केही समयका लागि ५००.१ अर्ब डलर रहेको थियो, त्यसपछि घटेर ४९९ अर्ब डलरभन्दा माथि कायम रह्यो।

बीबीसीका अनुसार, टेस्ला, एक्सएआई र स्पेसएक्सका शेयरहरूको बढ्दो मूल्यले उनलाई यो सफलता दिलाएको हो।
ओरेकलका ल्यारी एलिसन ३५०.७ अर्ब डलरसहित दोस्रो नम्बरमा रहेका छन् ।

मस्कको टेस्लामा १२ प्रतिशत शेयर छ । टेस्लाको शेयर बुधबार ३.३ प्रतिशतले बढ्यो। यो वर्ष अहिलेसम्म यो १४ प्रतिशतले बढिसकेको छ।

मस्कले गत महिना करिब १ अर्ब डलर बराबरको टेस्लाको शेयर खरिद गरेका थिए। विश्लेषकहरूले यसलाई कम्पनीमा उनको विश्वासको संकेत मानेका छन् ।

यसका बावजुद, टेस्लाका लागि चुनौतीहरू कम छैनन्। विश्वव्यापी विद्युतीय सवारीसाधन (ईभी) बजारमा प्रतिस्पर्धा तीव्र भइरहेको छ भने चीनको बीवाईडी जस्ता कम्पनीहरूले टेस्लालाई कडा टक्कर दिइरहेका छन्।

1940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्