प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले कम्पनीले ३ अर्ब ७ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २ अर्ब २३ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३७ प्रतिशतले वृद्धि भएको छ।
समिक्षा अवधिमा कम्पनीले २२ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १८ करोड ३० लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद नाफा २५ प्रतिशतले बढेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन र जीवन बीमा कोषमा समेत सुधार आएको छ।
चैत मसान्तसम्ममा कम्पनीले ८७ करोड ३१ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ भने १ करोड २ लाख रुपैयाँ बीमा दाबी भुक्तानी हुन बाँकि रहेको छ ।हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोडरुपैयाँ छ भने जगेडा कोषमा ६२ करोड ५२ लाख ९९ हजार र जीवन बीमा कोष १४ अर्ब ३६ लाख १९ हजार रुपैयाँ संचित रहेको छ।