जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विभिन्न कार्यक्रम गरी मनायो राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघले वार्षिकोत्सव

विभिन्न कार्यक्रम गरी मनायो राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघले वार्षिकोत्सव

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले वार्षिकोत्सव मनाएको छ । संघले विभिन्न कार्यक्रम गर्दै आफ्नो ३२औं वर्षिकोत्सव मनाएको छ । अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झण्डोत्तलन गरेका हुन् ।

३२ औं वर्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रममा संघका का.वा. अध्यक्ष रामप्रसाद जोशीेले रक्तदानको ब्लड ब्याग कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

रक्तदान कार्यक्रममा ६७ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका छन् । वार्षकोत्सवको अवसरमा संघले मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गर्ने भएको छ । वर्षिकोत्सवका विविध कार्यक्रम संघका विभिन्न क्षेत्रीय समितिहरुमा समेत संचालन गरिएको संघले जनाएको छ ।

रा.वा. कर्मचारी संघ नेपाल २०४७ साल साउन ६ गते स्थापना भएको बैंकभित्रको सबैभन्दा जेठो ट्रेड युनियन हो ।

7305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका