जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • प्रभु सेलेक्ट फण्डमा माग भन्दा बढी आवेदन

प्रभु सेलेक्ट फण्डमा माग भन्दा बढी आवेदन

प्रभु सेलेक्ट फण्डको एक अर्ब रुपैयाँ बराबरको म्याचुअल फण्ड दोस्रो दिनमै ओभर सस्क्राइब भएको छ।

७ वर्ष अवधिको उक्त फण्डमा दोस्रो दिन सम्म १०४ प्रतिशतभन्दा बढी आवेदन परिसकेको प्रभु क्यापिटलका सञ्चालन अधिकृत कृष्ण गिरिले जानकारी दिए।

दुई दिनमा ४० हजार ५१२ जना आवेदकले एक अर्ब चार करोड ८८ लाख रुपैयाँभन्दा बढी रकमको आवेदन दिएको क्यापिटलले जनाएको छ।

कम्पनीले जेठ ५ गतेदेखि प्रति इकाइ १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाइ ऋणपत्र जारी गरेको गरेको थियो।

कोष प्रवर्द्धक प्रभु बैंक तथा व्यवस्थापक प्रभु क्यापिटलका लागि १५ करोड रुपैयाँ बराबरको इकाइ सुरक्षित गरेर बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरका इकाइहरु सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।

सर्वसाधारणबाट ८५ करोड रुपैयाँ बराबरको आवेदन खुला गरिएकोमा दोस्रो दिनसम्म झण्डै ९० करोड रुपैयाँ बराबरको आवेदन परेको हो।

6475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका