जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर


अर्थ वाणिज्य

१० बैंकले गरे ९ अर्ब लगानी

१० बैंकले गरे ९ अर्ब लगानी

सिजी सिमेन्टले आफ्नो क्षमता विस्तारको लागि १० वटा बैंकहरूबाट २ अर्ब ३७ करोड ८० लाख रुपैयाँ ऋण लिएको छ । सानिमा बैंकको अगुवाइ र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह अगुवाइमा अन्य आठ वटा बैंकले उद्योगमा ९ अर्ब ६ करोड ३० लाख लगानी गरेका छन् । उद्योगले क्लिकंर प्लान्टको क्षमता दैनिक २ हजार ९ सय ५० टन पुर्याउन यो ऋण लिएको हो । लगानी थपेर उद्योगको हालको क्षमता १ हजार ९ सय ५० टनलाई बढाउन लागिएको हो ।
आज उद्योग र बैंकबीच पुरक सहवित्तीयकरण सम्झौंता भएको छ । सम्झौंतामा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, सहअगुवाइ बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र उद्योगका तर्फबाट अध्यक्ष निर्वाणकुमार चौधरीले हस्ताक्षर गरेका छन् ।
सानिमा बैंकको नेतृत्वमा नेपाल इन्फ्रा स्ट्रक्चर बैंककोम समेत सह–अगुवाइमा उद्योगमा ग्लोबल आइएमइ बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेन्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक र नेपाल एसबिआइ बैंकले लगानी गरेका छन् ।
आज भएको सम्झौता २ अर्ब ३७ करोड ८० लाख गरी कुल ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न सहभागी बैंकहरुबीच यसअघि सम्झौता भइसकेको थियो । २०७४ पौष ७ मा भएको सहवित्तीयकरण सम्झौतामा मिति २०७७ आषाढ ३० गते पुरक सहवित्तीयकरण सम्झौता सम्पन्न भएको हो ।
उक्त समारोहमा अगुवा बैकको तर्फबाट सो बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल, सह–अगुवा बैंकका तर्फबाट सो बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायतको सहभागितामा ऋणी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाण कुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

7685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका