नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । कम्पनीको ९ लाख २० हजार २५० दशमलव ७९ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।
अब लगानीकर्ताले यस शेयर भोलिबाट खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनश शेयर सूचीकृत गराएको हो ।