जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सानिमा रिलायन्स लाइफको व्यतित बीमालेख नवीकरणमा छुट

सानिमा रिलायन्स लाइफको व्यतित बीमालेख नवीकरणमा छुट

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ।

कम्पनीबाट जारी भई व्यतित भएका बीमालेखहरू आज जेठ ११ गतेदेखि जेठ ३१ गतेभित्र नवीकरण (रिन्यू) गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने घोषणा गरेको हो।

यस्तो छुटको सुविधा मार्फत नवीकरण गरिएको बीमालेख १ वर्षभित्र समर्पण भएमा छुट रकम कट्टा गरिने र बीमा अवधिभर यस्तो छुट सुविधा एकपटक मात्रै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। साथै बीमालेख परिपक्व हुन १ वर्ष वा १ वर्षभन्दा कम अवधि बाँकी रहेको बीमालेखमा छुट नपाइने स्पष्ट पारेको छ।

465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका