जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • माछापुच्छ्रे बैंकले आजबाट जारी गर्यो ऋणपत्र, ब्याज साढे ८%, कम्तिमा २५ हजार रुपैयाँको आवेदन

माछापुच्छ्रे बैंकले आजबाट जारी गर्यो ऋणपत्र, ब्याज साढे ८%, कम्तिमा २५ हजार रुपैयाँको आवेदन

माछापुच्छ्रे बैंकले विहीबारबाट ऋणपत्र जारी गरेको छ। बैंक साउन ४ गतेसम्म ऋणपत्र जारी गर्ने छ।

बैंकले कुल तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको हो। २०८७ सालमा परिपक्व हुने ऋणपत्रको वार्षिक ब्याज दर साढे ८ प्रतिशत छ। ब्याज प्रत्येक ६/६ महिनामा भुक्तानी हुने छ।

बैंकले यसअघि २०८५ सालमा परिपक्व हुने ऋणपत्र जारी गरेको थियो। तीन अर्बको त्यो ऋणपत्रको ब्याज दर १०.२५ प्रतिशत छ।

बैंकको ३ अर्ब रुपैयाँ अर्थात तीन लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणलाई दिइने छ। बाँकी प्राइभेट प्लेसमेन्टबाट बिक्री गरिने छ।

अंकित मूल्य एक हजार रुपैयाँ दरको ऋणपत्र कम्तिमा २५ कित्ता किन्नुपर्ने हुन्छ।

8775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका