जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समृद्धि फाइनान्सले ल्यायो अब अनलाइनबाट खाता खोल्न सकिने सुविधा

समृद्धि फाइनान्सले ल्यायो अब अनलाइनबाट खाता खोल्न सकिने सुविधा

समृद्धि फाइनान्सले शुक्रवारदेखि नेपालको जुनसुकै ठाउँबाट अनलाइन खाता खोल्ने सुविधा ल्याएको छ ।

कम्पनीले कोभिड लागेका ग्राहकहरुका लागि कोभिडको उपचारमा सहयोग पुर्‍याउन कोभिड रिलिफ ऋण प्रदान गर्ने व्यवस्था गरिएको बताएको छ ।

ग्राहकले अनलाइनबाट जुनसुकै ठाउँबाट समृद्धि फाइनान्समा खाता खोल्न सक्नेछन् ।कम्पनीले संस्थाका नयाँ तथा पुराना ग्राहकहरुको उपचार तथा हस्पिटलको बिल भुक्तानी गर्नका लागि  “गाह्रो साह्रोमा सहयोग गर्न छँदैछ नि समृद्धि फाइनान्स” भन्ने मुलनाराका साथ ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कोभिड रिलिफ लोनउपलब्ध गराउने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको उक्त कम्पनीले हाल पाँच ओटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । कम्पनीले आगामीदिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको बताएको छ ।

कम्पनीले आईपीएस, कनेक्टआईपीएस, रेमिट्यान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीटकार्ड, क्यूआर कोड  जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

यसैगरी कम्पनीले निक्षेपमा आकर्षक ब्याजदर कायम गरी हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसायकर्जा, व्यक्तिगतकर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।साथै कम्पनीले निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा ईकेवाईसीलगायतको प्रबिधिमा आधारित सेवाहरु पनि सञलनमा ल्याउने पनि बताएको छ ।

9945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका