जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीले संकलन गरे ३१ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क, कुन कम्पनीको कति (सूचि सहित)

निर्जीवन बीमा कम्पनीले संकलन गरे ३१ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क, कुन कम्पनीको कति (सूचि सहित)

निर्जीवन बीमा कम्पनीहरुले असार महिनामा मात्रै तीन अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ मा भने ३१ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।

यस वर्ष पनि सर्वाधिक बीमा शुल्क आर्जन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनी नै रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा तीन अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । असार महिनामा मात्रै भने शिखरको बीमा शुल्क ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै दोस्रो नम्बरमा सगरमाथा इन्स्योरेन्स कम्पनीको २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीले असार महिनामा मात्रै ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

तेस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको हो । असार महिनामा मात्रै भने १९ करोड रुपैयाँ संकलन गरेको छ । तुलनात्मक रुपमा असार अन्तिममा नेकको बीमा शुल्क आर्जन घटेको हो ।

त्यस्तै दुई अर्ब भन्दा माथि बीमा शुल्क आर्जन गर्नेमा सिद्धार्थ र एनलएलजी पनि रहेका छन् । सिद्धार्थले २ अर्ब ३२ करोड रुपैया बीमा शुल्क आर्जन गर्दा एनएलजीको २ अर्ब ८ करोड रुपैयाँ रहेको छ । दुई अर्ब भन्दा कम एक अर्ब भन्दा माथिको बीमा शुल्क आर्जन गर्नेमा ११ वटा कम्पनी छन् । एक अर्ब भन्दा माथि बीमा शुल्क आर्जन गर्नेमा क्रमश प्रिमियर एक अर्ब ९० करोड, आइएमई जनरल एक अर्ब ५२ करोड, लुम्बिनी एक अर्ब ३६ करोड, प्रभु एक अर्ब ३६ करोड, हिमालयन जनरल एक अर्ब ३० करोड, प्रुडेन्सियल एक अर्ब २८ करोड, नेपाल इन्स्योरेन्स एक अर्ब २७ करोड, अजोड एक अर्ब २७ करोड, दि ओरियण्टल एक अर्ब १६ करोड, युनाइटेड एक अर्ब ५ करोड, एभरेष्टले एक अर्ब एक करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । राष्ट्रिय बीमा कम्पनीको असारको मात्रै तथ्याङ्क छैन तर असार सम्ममा भने एक अर्ब ६३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेशनल, जनरल र सानिमा जनरलको बीमा शुल्क आर्जन एक अर्ब भन्दा कम रहेको छ । नेशनलले ८७ करोड, जनरलले ६५ करोड र सानिमा जनरलले पनि ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

6315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।