जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • एशियन लाइफका नवनिर्वाचित अध्यक्षले लिए सपथ

एशियन लाइफका नवनिर्वाचित अध्यक्षले लिए सपथ

एशियन लाइफ इन्स्योरेन्स कम्पनीका संचालक समितिको नवनियुक्त अध्यक्ष दिपक कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

सपथ ग्रहणको अवसरमा बीमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेल र कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

आइतबार बाराको सिमरामा सम्पन्न १२ औं साधारण सभाबाट आगामी चार वर्षे कार्यकालको लागी संचालक समितिको सदस्य पदमा दिपक कुमार श्रेष्ठ निर्वाचित भएपछि यस कम्पनीको संचालक समितिको १६४ औं बैठकले उनलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको कम्पनीले जानकारी दिएको छ ।

5150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका