जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरको लागि अन्तिम स्वाप रेसियो तय

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरको लागि अन्तिम स्वाप रेसियो तय

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरको लागि अन्तिम स्वाप रेसियो  तय भएको छ । मर्जरको लागि १:१ को स्वाप तय भएको कुमारी बैंकले जनाएको छ ।

कुमारी बैंकका अनुसार गाभ्ने/गाभिने (मर्जर) प्रयोजनको लागि मिति २०७९/०६/१० गते सम्पन्न समझदारीपत्रको आधारमा गठन गरिएको संयुक्त मर्जर समितिबाट दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गर्न नियुक्त मुल्यांकनकर्ताले दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गरी दिएको मुल्यांकन प्रतिवेदनसमेतको आधारमा संयुक्त मर्जर समितिले १:१ शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) निर्धारण गरी संचालक समितिको अनुमोदनको लागि सिफारिस गरे अनुरुप बैंकको संचालक समितिको मिति २०७९।८।१ मा बसेको बैठकले मर्जर प्रयोजनको लागि दुवै संस्थाको शेयर आदान प्रदान अनुपात १:१ कायम गर्ने गरी Share Swap Ratio स्वीकृत गर्ने निर्णय गरेको छ ।

दुई बैंकबीच असोज १० गते मर्जर सम्झौतामा हस्ताक्षर भएको थियो ।

4735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका