जोडिनुहोस
मङ्लबार, माघ २१, २०८२
मङ्लबार, माघ २१, २०८२
  • होमपेज
  • एभरेष्ट रेमिट मार्फत विदेशबाट पठाइएको पैसा खल्तीबाट पाइने

एभरेष्ट रेमिट मार्फत विदेशबाट पठाइएको पैसा खल्तीबाट पाइने

खल्ती वालेटले विदेशबाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने आकर्षक सुविधा संचालनमा ल्याएको छ। यो सेवा कार्यान्वयनमा आएसंगै अब ग्राहकहरुले रेमिट्यान्स सेवा घरमै प्राप्त गर्न सक्ने भएका छन्। साथै प्राप्त भएको रकम पुन खल्तीबाट तुरुन्त आफ्नो बैंक खातामा ट्रान्सफर गर्न वा खल्ती को रेमिट्यान्स सेवा मार्फत नेपालको जुनसुकै ठाउँमा पठाउन सक्नेछन् ।  

खल्तीबाट रेमिट्यान्स पठाउन वा प्राप्त गर्न ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्छ। त्यसै गरी नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सक्नेछन्।   

उक्त सम्झौता सम्बन्धि खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख सौरभ राज पाण्डेले भने, ‘हामीले ग्राहकहरुलाई घरमै रेमिट्यान्स सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा एभरेष्ट रेमिट संगको सहकार्यमा संचालनमा ल्याएका हौँ। हामी आशावादी छौँ कि यो सुविधाले ग्राहकहरुको समय र पैसा बचत गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। साथै हाम्रो डिजिटल नेपालको अभियानमा थप टेवा पुग्नेछ ।’ 

7035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?