जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • ङादी ग्रुप पावरले पारित गर्यो बोनस र २०० प्रतिशत हकप्रद प्रस्ताव

ङादी ग्रुप पावरले पारित गर्यो बोनस र २०० प्रतिशत हकप्रद प्रस्ताव

 ङादी ग्रुप पावर लिमिटेडले आइतवार आठौं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित लाभांश र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेको छ । कम्पनीले क्विन्स क्याफे, अनामनगर, काठमाडौँमा सभा सम्पन्न गरेको हो  । सभाले आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

 २० प्रतिशत बोनस पश्चात कायम हुने चुक्तापूँजी रू. ७० करोड ६९ लाख ३२ हजारको आधारमा १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि कम्पनीले पारित गरेको छ । कम्पनीले अन्य जलविद्युत कम्पनीलाई प्राप्ती गर्ने विषयलाई पनि सभामा छलफल गरी अन्तिम रुप दिने तयारी गरेको छ । 

बझाङ अपर सेती हाइड्रोपावर प्रोजेक्ट ७०.४० मेगावाटको सर्वेक्षण अनुमति पत्रको लागि आवेदन दिएको र सो सम्बन्धमा भए गरेका प्रगति विवरणहरु सभालाई जानकारी गराउदैं थप आवश्यक कार्यका लागि सञ्चालक समितलाई अख्तियारी दिने निर्णय पनि सभाले गरेको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ १८ गते बुक क्लोज गरेकाले भदौ १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्

6025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका