जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • एनआईबिएल एस क्यापिटलको साधारणसभा सम्पन्न, ७ करोड बराबरको लाभांश पारित

एनआईबिएल एस क्यापिटलको साधारणसभा सम्पन्न, ७ करोड बराबरको लाभांश पारित

एनआईबिएल एस क्यापिटल NIBL ACE Capital को साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आज असोज १५ गतेशुक्रबार लाजिम्पाट स्थित आफ्नै कार्यालयमा सभा सम्पन्न गरेको हो । 

साधारणसभाले लाभांश सहितका विभिन्न प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २६ प्रतिशतल हुन आउने ७ करोड २ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो  । एनआईबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी भएकोले बैंकले यो लाभांश पाउने छ । 

त्यस्तै सभाले अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, संचालकको कार्यकाल सकिन लागेको हुँदा हालका संचालकलाई नै फेरी नियुक्त गर्ने, लगायतका प्रस्ताव पारित गरेको छ । जस अनुसार 

त्यस्तै विशेष प्रस्तावमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको ४ लाख २४ हजार खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ  । 

6105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका