जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देशभर ६२१३ जना बैंकका कर्मचारी कोरोना संक्रमित, १४२ वटा शाखा बन्द

देशभर ६२१३ जना बैंकका कर्मचारी कोरोना संक्रमित, १४२ वटा शाखा बन्द

वाणिज्य बैंकहरुका कुल ६ हजार २१३ जना कर्मचारी कोरोनाबाट संक्रमित भएका छन्। ठूलो संख्यामा कर्मचारी संक्रमित भएपछि बैंकहरुले ठाउँ ठाउँका शाखा कार्यालय बन्द गर्न थालेका छन्।

बैंकर्स संघले उपलब्ध गराएको आइतबारसम्मको तथ्यांक अनुसार, कर्मचारी संक्रमित भएपछि देशभरका १४२ वटा शाखा कार्यालयहरु बन्द गरिएका छन्। यी शाखाहरु अनिश्चितकालका लागि बन्द गरिएको हो। कर्मचारी संक्रमणमुक्त भएपछि सेवा सुरु हुने छ।

कुल संक्रमितमध्ये ३ हजार २६९ जना वाग्मती प्रदेशभित्र कार्यरत कर्मचारी छन्। वाग्मती प्रदेशभित्रका कुल ९४ वटा शाखा कार्यालयहरु बन्द भएका छन्।

कतिपय बैंकहरुले खुला भएका शाखाबाट पनि पूर्ण समय सेवा दिन सकिरहेका छैनन्। कर्मचारी अभावका कारण उनीहरुले सेवा समय घटाएका हुन्।

4085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका