जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा लम्साल

महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा लम्साल

महालक्ष्मी विकास बैंक लि. ले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साललाई नियुक्त गरेको छ।

गत माघ २९ गते बसेको सञ्चालक समितिको ४७५ औं बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्नुका साथै बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको हो। बिगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालको विभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ वर्षको बैकिङ अनुभब रहेको छ।

केन्द्रीय बैंकको नीति नियम भित्र रहेर सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तथा उचित प्रतिफल प्रदान गर्न आफू केन्द्रित हुने लम्सालले बताएका छन्।

5600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका